
मुम्बई : बलिउडमा आफ्नो गीतका लागि लोकप्रिय पञ्जाबी गायक यो यो हनी सिंहविरुद्ध उनकी पत्नी शालिनी तलवारले घरेलू हिंसा कानून अनुसार उजुरी दर्ता गराएकी छन् ।
पत्नीको उजुरी पछि दिल्लीको तीस हजारी कोर्टले हनीलाई सूचना पठाउदै जवाफ दिन अनुरोध गरेको छ ।
शालिनीले यो यो हनी सिंह अर्थात् ह्रदेश सिंहविरुद्ध प्रोटेक्स अफ वुमन फ्रम डोमेस्टिक वायलोन्स एक्ट अनुसार उजुरी दिएकी हुन् ।
यो उजुरी मंगलबार तीस हजारी कोर्ट अफ चीफ मेट्रोपोलिटन मजिस्ट्रेट तानिया सिंहसमक्ष दर्ता भएको हो ।
अदालतले हनीलाई जवाफ दिनका लागि अगष्ट २८ सम्मको समय दिएको छ ।
शालिनीको हकमा अन्तरिम आदेश दिएको छ । जसमा हनीलाई दुवैको संयुक्त सम्पत्तिबाट टाढा बस्न भनेको छ ।
सन् २०१४ मा हनीले रियालिटी शो ‘इण्डियाज रस्टार’ मा आफ्नो श्रीमतिलाई पहिलोपटक सार्वजनिक गरेका थिए ।
बलिउडमा नाम बनाउनु अघि नै हनीले शालिनीलाई विवाह गरेका थिए । हनीले सन् २०११ बाट बलिउडमा गायन करियर सुरुवात गरेका थिए ।
सन् २०१२ मा रिलिज फिल्म ‘ककटेल’को गीत ‘अंग्रेजी बिट’बाट हनीले लोकप्रियता पाएका थिए ।
सन् २०२० मा उनले ‘छलांग’ र ‘मुम्बई सागा’का लागि गीत बनाएका थिए । ‘छलांग’को ‘केयर नी करदा’ र ‘मुम्बई सागा’को ‘शोर मचाएगा’ हिट भएको थियो ।
उनले केही फिल्ममा अभिनय पनि गरेका छन् । दैनिक जागरण