
महोत्तरी । नागरिकको जिवन,राष्ट्रिय एकता र सिमा सुरक्षा आफ्नो प्रधान सरोकारको विषय भएको प्रदेश नं. २ का प्रदेश प्रमुख डा.राजेश अहिराजले बताएका छन । जिल्ला प्रसासन कार्यालय महोत्तरी स्थित प्रमुख जिल्ला अधिकारीको कक्षमा भएको सुरक्षा निकाय र संचारकर्मीहरुसंगको संवादमा उहाले सो बताएका हुन । उनले सुरक्षाकर्मीहरुसंग सिमा सुरक्षा,अपराध र अपराध न्युनिकरणको लागि गरिएका कार्यहरु वारे जानकारी लिएका थिए । साथै संचारकर्मीहरुसंग उनले समाजमा सकारात्मक सुधार ल्याउन गरेका प्रयास र लेखिएका समाचार वारे जिज्ञासा समेत राखेका थिए ।
प्रदेश प्रमुख डा.अहिराजले प्रदेश नं. २ मा कुनै पनि जनताले रोग वा भोकले ज्यान गुमाउन बाध्य हुनु नपरोस भन्ने बातावरण निर्माण गर्न राष्ट्र सेवक कर्मचारी र समाजको अगुवा मानिने संचारकर्मीहरुले गरिमामय सहकार्य गरेर नागरिकमा चेतनाको स्तर बढाउने,मनोवल बढाउने,डिप्रेसनको तह न्युन गर्दै जाने कार्य गर्नु पर्ने बताए । उनले संचारकर्मीको कलमले सकारात्मक र उर्जा थप्ने खालका समाचार सम्प्रेसन गर्न थाले नकारात्मकताहरु विस्तारै विलय हुदै जाने बताए । यस्तो समस्या विश्वकै समस्या हो भन्ने बुझाईका साथ नागरिकलाई सचेत गर्ने सामाजिक लेखापरिक्षणसंग सहकार्य गर्दै बुद्धिजिवीसंग सहकार्य गर्दै समाजलाई सकारात्मक दिशा तिर डोर्याउने काम संचारकर्मीको पहिलो दायित्व भएको समेत उनले स्मरण गराए । उनी संचारकर्मी लेन्स नभएर आईना भएकोले समाजलाई बास्तविकता देखाउदै सकारात्मकता तिर अग्रसर गराउन अहम भुमिका खेल्न आग्रह गरे ।
साथै अपराधको राजनितिकरण र राजनितीको अपराधिकरणमा पत्रकारको कलम मौन बस्दा समाजमा उग्रता वढदै जाने भएको बताउदै निर्धक्कताका साथ कलम चलाउन बताए । उहाले हाम्रो समाज अभाव र अतिवादमा परेको बताउदै यो विभिन्न चरणहरु पार गर्दै आजको अवस्था आएको बताए । उनले अतिवादको चरणहरु उदारवाद,अनुदारवाद,चरमपन्थ,कटटरपन्थ,हिंसा र विग्रह रहेकोले अझै यसवारे संचारकर्मी गम्भिर भई समाजलाइ सहि दिशातर्फ डोर्याउनु पर्ने बताए ।
उनले नागरिकको भुमि,भावना र भविष्यको संरक्षण गर्न संचारकर्मीहरु उच्च मनोबलका साथ समाजप्रति थप जिम्मेवार हुनु आवश्यक रहेको र आत्म हत्या,महिला हिंसा,लागु औषध लगायतका विषय गम्भिर चिन्ताको भएकोले समाजलाई विग्रह तर्फ जानबाट रोक्न आग्रह गरे ।
संचारकर्मीले राजनिति र अपराधलाई फरक फरक छुट्याएर अगाडी बढने तथा राष्ट्र सेवक कर्मचारीहरुसंग बलियो सहकार्य गरि समाजलाई सकारात्मक दिशा तर्फ उन्मुख गर्न कार्य गर्नु पर्ने बताए । महोत्तरीका संचारकर्मीसंग विशेष किसिमको क्षमता भएको र विशेष किसिमको काम गर्दै आईरहेकोमा आफ्नो विशेषताले समाजलाई जोड्न विशेष भुमिका निर्वाह गरिदिन भुमिका खेल्न उनले आग्रह गरेका हुन ।
यता संचारकर्मीहरुले समेत समाजकै हितको लागि निरन्तर कलम चलिरहेको प्रदेश प्रमुखलाई ध्यानाकर्षण गराउदै अभाव र राष्ट्रसेवक कर्मचारीहरुको विभिन्न कार्यले संचारपेशामा विभिन्न अवरोध आउने गरेको समेत जानकारी गराए । उनले महोत्तरीमा संचालित एफएम,पत्रपत्रिकाहरुमा स्थानिय कार्यालयहरुले सुचना,विज्ञापन उपलब्ध नगराई मोटो कमिसनको चक्करमा अन्य जिल्लाका संचारकर्मीहरु तथा विज्ञापन एजेन्सीहरुसंग समन्वय गर्दा स्थानिय संचारकर्मीहरु रितो हाल बस्नु परेको पिडा पोखे । उनले नेपाल सरकारको केन्द्र,प्रदेश वा स्थानिय तहहरुबाट समेत संचारकर्मीहरुको मनोवल बढाउन कुनै पनि किसिमको कार्य हुन नसकेकोमा सो वारे समेत ध्यानाकर्षण गराएका थिए । यता विशेष अनुदान वा अन्य विभिन्न किसिमले स्थानिय संचार गृह र संचारकर्मीको विकासको लागि ल्यापटक,क्यामेरा लगायतका उपकरण खरिद वारे समेत सहजता ल्याउन पहल हुन नसकेको बताए ।
प्रदेश प्रमुखले संवादकै क्रममा संचारकर्मीहरु तथा सुरक्षानिकाय प्रमुखहरुलाई नेपालको झण्डा अंकित व्याच समेत लगाएर सम्मान गरेका थिए ।







