जनकपुरधाम - जनकपुरधाम उपमहानगरपालिका–९ सोनारपट्टीमा प्रहरीले गोली प्रहार गरेको छ ।
शुक्रबार साँझ बिलबिजक बिनाको सुनचाँदी खरिद–बिक्री भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीको टोली छापा मार्न पुगेको थियो । सो क्रममा व्यवसायीहरूले अवरोध गरेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रहरीले भीड नियन्त्रणका लागि अश्रुग्यास समेत प्रयोग गरेको बताइएको छ ।
घटनास्थलमा कति राउन्ड फायर भएको हो भन्नेबारेमा बुझ्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका स्रोतले जानकारी दिए ।
घटनाबारे थप विवरण आउन बाँकी छ ।




