जनकपुरधाम- जनता समाजवादी पार्टी नेपालका नेता महन्त ठाकुरले मधेशको समस्या हल गर्नका लागि अहिलेका सवै शिर्षनेताहरु असफल भइसकेको बताउनुभएको छ । जनकपुरधाममा आज आयोजित जसपाको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता ठाकुरले उपेन्द्र यादव फेरी भुलभुलैयामा परेर पार्टी कमजोर गर्न तर्फ लागेको आरोप समेत लगाउनुभयो ।
उहाँले एकताका बेला राजपा र सपा बिच आधा आधा भागबण्डा हुने सम्झौता भएपनि उपेन्द्र यादवले जालझेल गरि पार्टी एकलौटी रुपमा चलाउन चाहेको बताउनुभयो । ठाकुरले मधेसको मुद्दामा केपि शर्मा ओली, बाबुराम भट्टराई, प्रचण्ड र शेरबहादुर देउवा सहितका सवै नेताहरु गम्भिर नरहेको आरोप लगाउनुभयो। त्यसैगरी जसपाका अर्का नेता राजेन्द्र महतोले उपेन्द्र यादवको कारण पुनः मधेशको एकता कमजोर भएको बताउदै जनताले फेरी त्यसलाई असफल गर्ने बताउनुभयो।
त्यस्तै नेता सरद सिंह भण्डारीले उपेन्द्र यादवको चेहरा देखेर पार्टी एक नभएको बताउदै उहाँले मधेशी जनताको भावनालाई बुझेर पार्टी एकिरण भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘फुट डालो और राज करो जस्तो षडयन्त्रलाई असफल पार्न पार्टी एकता भएको बताउदै उपेन्द्र यादवले त्यसको गलत फाइदा उठाउन खोजेको आरोप लगाउनुभयो ।
कार्यक्रममा नेता उमाशंकर अरगरिया, परमेश्वर साह, सुरिता साह, जयनुल राइन सहितको उपस्थिती थियो ।