
भैरहवा- रुपन्देही प्रहरी ले भारत वाट नेपाल तर्फ भंसार छलि अवैध रुप मा ल्याउँदै गरेको विभिन्न सामान हरु बरामद गरेको छ। साथै प्रहरी ले लागु औषध खैरो हिरोइन पनि बरामद गर्नु को साथै दुई जना लाई नियन्त्रण मा लिएको छ। बरामद गरिएको सम्पुर्ण सामान को अनुमानित मुल्य ८ लाख ८१ हजार २ सय १५ रहेको र लागु औषध खैरो हिरोइन २.८७ ग्राम रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देही ले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले असार ८ र ९ गते जिल्लाका बिभिन्न स्थानहरुमा चेकजाच गर्ने क्रममा भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी निकासी ,पैठारी गरेको अवस्थामा डि ए पी मल १४५ बोरा, स्टिम चामल ३२ बोरा, चिनी ६ बोरा,लेडिज सुट र सुटको कपडा ३८ वटा,बिभिन्न किराना सामानहरु,भैसी र पाडो २ वटा, माछा ८० के.जी र बोईलर कुखुरा १३६ वटा रहेको जनाईएको छ। साथै तस्करी मा प्रयोग गरिएको लु.११.प ४२४१, लु.२९.प ३३९७, लु.२९.प ३०३४ र यु.पी ६५-बि ४२२८ को भारतिय मोटरसाईकल सहित ४ थान मोटरसाईकल नियन्त्रण मा लिएको छ। सम्पुर्ण सामान हरु को अनुमानित मुल्य ८ लाख ८१ हजार २ सय १५ रहेको र नियन्त्रणमा लिईएको सामान र सवारी साधनहरु समेत आवश्यक कारवाहीको लागी भैरहवा भन्सार कार्यालय तथा पशु क्वारेन्टाईन चेक पोष्ट कार्यालय बेलहिया रुपन्देहीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देही का प्रहरी नायव उपरीक्षक मनोहर प्रसाद भट्ट ले जानकारी गराएका छन् ।

साथै असार ८ गते रुपन्देही को गैडहवा गाँउपालिका वडा नं ८ मा अबैध लागु औषधको कारोवार भइरहेको छ भन्ने प्रहरी लाई प्राप्त गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सुर्यपुरा रुपन्देहीबाट खटिएको प्रहरी टोलीले लुम्बिनी-रामापुरकोलनी भित्री सडक खण्डमा लु २१ प ३२५२ नं को मोटरसाईकल तथा मानिसहरुलाई रोकी चेकजाँच गर्ने क्रम मा लागु औषध खैरो हिरोइन सहित दुई जना लाई पक्राउ गरेको छ। पक्राउ पर्ने रुपदेन्ही जिल्ला गैडहवा गाउँपालिका वडा नं ९ बस्ने २३ वर्षिय लाल मोहन लोध र सोही ठाउँ बस्ने २१ वर्षिय रविन्द्र लोध रहेको प्रहरी ले जनाएको छ। निज हरु लाई इलाका प्रहरी कार्यालय लुम्बिनी रुपन्देही लगिएको र सो सम्बन्धमा थप अनुसन्धान कार्यको लागि रुपन्देही जिल्ला अदालतमा पेश गरि अदालतबाट ५ दिन म्याद थप भई आवश्यक अनुसन्धान कार्य जारी रहेको र सो कसुर मा लागु औषध (नियन्त्रण) ऐन २०३३ बमोजिम कसूरको अवस्था हेरि ५ बर्ष देखी १० बर्ष कैद र ५००० हजार देखी २५००० हजार सम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको प्रहरी नायव उपरीक्षक एवं सुचना अधिकारी भट्ट ले थप जानकारी गराए।