
विनोद महतो,महेन्द्रनगर। धनुषाको मिथिला नगरपालिका वडा नं. २ नक्टाझिजस्थित हिमालय युवा क्लवको आयोजनामा आज (शनिवार) देखि नगरस्तरिय फुटबल प्रतियोगिता शुरु भएको छ । सो नगरस्तरिय फुटबल प्रतियोगिताको आज उद्घाटन खेल भएको छ ।
आजको उद्घाटन खेलमा हिमालय युवा क्लव नक्टाझिज ‘बी’ टिम र हनुमान युवा क्लव बटेश्वरबीच प्रतिस्पर्धा भएको छ । जसमा हिमालय युवा क्लवले हनुमान युवा क्लवलाई ०-८ गोलले पराजित गरेको छ ।
आजको खेलमा बिक्की ३ गोल गरेका थिए । सो प्रतियोगितामा जम्मा ८ वटा फुटबल टिमको सहभागिता रहेको आयोजक हिमालय युवा क्लवले जनाएको छ । प्रतियोगितामा हिमालय युवा क्लव नक्टाझिज ‘ए’ र ‘बी’ टिम, हनुमान युवा क्लव बटेश्वर, किसानपुर फुटबल टिम, श्री जनता युवा क्लव हरिहरपुर, बुद्धि युथ क्लव मगर टोल, रतनपुर फुटबल टिम र ढल्केवर फुटबल टिमको सहभागिता रहेको छ ।
प्रतियोगिता अन्तर्गत साउन २४ गते हिमालय युवा क्लव ‘ए’ टिम र किसानपुरबीच खेल हुनेछ भने २५ गते श्री जनता युवा क्लव हरिहरपुर र बुद्धि युथ क्लव मगरटोलीबीच खेल हुनेछ । यस्तै साउन २६ गते रतनपुर र ढल्केवरबीच खेल हुने तालिका रहेको छ ।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा साउन २३ गतेदेखि शुरु भएको सो प्रतियोगिताको फाइनल खेल ३० गते हुने आयोजकले जनाएको छ । प्रतियोगिता हिमालय युवा क्लव मिथिला नगरपालिका वडा न. २ नक्टाझिजस्थित विश्वकर्माचौक भन्दा पश्चिम पट्टी रहेको बसही खोलाको किनारमा हिमालय खेल मैदानमा भइरहेको छ ।