
महात्तरी- महोत्तरीमा आज आइतबार दुई पक्षबीच झडप हुँदा एकजनाको ज्यान गएको छ।
शनिबार राति आर्केस्ट्रा नाच हेर्ने क्रममा एकजना युवा कुटिएको निहुँमा आइतबार दुई पक्षबीच झडप भएको हो। झडपमा ५० वर्षीय रामप्रसाद यादवको ज्यान गएकाे हाे। कुटिएका युवाको अभिभावक र गाउँका अन्य व्यक्तिहरू कुटपिट गर्नेको घरमा पुगेपछि दुई पक्षबीच झडप भएको थियो। झडपमा दुईजना घाइते भएका छन्। प्रहरीले घटनामा संलग्न दुईजनालाई नियन्त्रणमा लिएको छ।
सोनमा गाउँपालिका– ७ सुन्दरपुर मैनटोलमा शनिबार राति आर्केस्ट्रा नाच आयोजन गरिएकोमा उक्त नाच हेर्न पुगेका सोनमा गाउँपालिका– २ तरहारी निवासी सरोज यादवलाई कुटपिट गरी उनको मोबाइल र अन्य सामानहरू स्थानीय मलेठी सदाले खोसेका थिए।
सोही सामग्री लिन र आफ्नो दाईलाई किन कुटपिट गरेको भनि सोध्न गएका सरोजका दाई मुकेश यादव र वुवा रामप्रसाद यादव सहितलाई दर्जनौँको समूहमा रहेका स्थानीय बिल्टु सदा सहितका व्यक्तिहरूले कुटपिट गर्न थाले। कुटपिटबाट छोरासँगै पुगेका सरोज र मनोजका बुबा ५० वर्षीय रामप्रसाद यादव गम्भीर घाइते भएका थिए। उनको उपचारकै क्रममा गौशाला स्थित स्वास्थ्य चौकीमा ज्यान गएकाे हो।