रुकुम । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गठबन्धन पाँचैवर्ष अगाडि बढ्ने बताएका छन् । बिहीबार रुकुम-पश्चिम आएका प्रधानमन्त्री प्रचण्डले भने— यो गठबन्धन पाँचैवर्ष जान्छ । गठबन्धनको एकता र सहकार्यलाई कसैले तोड्नै सक्दैन । कसैले भ्रम नपाल्दा हुन्छ ।
वर्तमान सरकार माओवादी केन्द्र एक्लैको नभएको स्मरण गराउँदै प्रधानमन्त्री प्रचण्डले भने, “यो माओवादीको एकल सरकार होइन, संयुक्त सरकार हो । तर, गठबन्धन भत्काउन टुटाउन, तोड्न अनेकौं प्रयत्न भएका छन् । तर, उनीहरू सक्दैनन् ।”