
प्रेस मञ्च नेपालको राष्ट्रिय महाधिवेशन वैशाख ६ र ७ गते जनकपुरधाममा हुने भएको छ। मञ्चको आज बिहीबार जनकपुरधाममा सम्पन्न केन्द्रीय समिति बैठकले राष्ट्रिय महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको महासचिव अवधेशकुमार झाले जानकारी दिए।
महाधिवेशनका लागि फागुन मसान्तसम्म सदस्यता वितरण, चैत्र १५ भित्र जिल्ला अधिवेशन, चैत्र मसान्तसम्म प्रदेश अधिवेशन र वैशाख ६ गते राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्र सम्पन्न हुने जनाइएको छ।
जनता समाजवादी पार्टी नेपालले भ्रातृ तथा शुभेच्छुक संगठनहरूलाई वैशाख मसान्तभित्र राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न गरेको परिपत्रअनुसार शुभेच्छुक संगठन प्रेस मञ्च नेपालले महाविधेशन गर्न लागेको हो।
मञ्चका कार्यबाहक अध्यक्ष मनोज यादवको अध्यक्षतामा भएको बैठकमा जसपा नेपालका कार्यकारिणी समिति सदस्य एवं बौद्धिक पेसाकर्मीका इन्चार्ज डा. सुरेन्द्र यादव, जसपा नेपालका प्रदेश अध्यक्ष बालकिशोर यादव, जसपा नेपाल केन्द्रीय प्रचार विभाग सदस्य एवं प्रेस मञ्च नेपालका संस्थापक आतिश मिश्रसहितको विशेष उपस्थिति थियो।