
राजविराज । प्रदेश २ का प्रदेश प्रमुख डा. राजेश झा (अहिराज)ले सप्तरीमा देखिएका समस्याका विषयमा सबै क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएका छन् ।
राजबिराजमा आइतबार आयोजित सुरक्षा निकाय र सञ्चारकर्मीहरुसँगको अन्तरत्र्रिmया कार्यक्रममा प्रदेश प्रमुख झाले यस्तो निर्देशन दिएका हुन् ।
जिल्लाको सुरक्षाको बारेमा सुरक्षा प्रमुखहरुसँग जानकारी लिदै प्रदेश प्रमुख झाले जिल्लामा शान्ति सुरक्षा कायम राख्न सबैसँग सहयोग आवश्यक रहेको बताए । प्रदेश प्रमुख झाले भने– सीमा सुरक्षा, भ्रष्टाचार लगायतका गैर न्यायिक तथा अपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न सञ्चारकर्मी, राजनैतिक दल, नागरिक समाज लगायतसँग सहकार्य गरेर अगाडि बढियो भने जिल्लामा शान्ति सुरक्षाको सवालमा निकै फल दाई हुने बताए ।
प्रदेश प्रमुख झाले राष्ट्रि सेवक कर्मचारीहरुले राष्ट्रियको पक्षमा अडिग रहेर काम गर्न निर्देशन दिदै शिरमा देश र मनमा मधेश राखेर कार्यसम्पादन गर्न सुरक्षा निकाय तथा सञ्चारकर्मीहरुलाई आग्रह समेत गरे । उनले सुरक्षा प्रमुखहरुसँग सिमा सु्रक्षा, अपराध र अपराध न्युनिकरणको लागि गरिएका कार्यहरु बारे जानकारी लिएका थिए । साथै सञ्चारकर्मीसँग उनले समाजमा सकारात्मक सुधार ल्याउन गरेको प्रयास र लेखिएका समाचारको बारेमा जिज्ञासा समेत राखेका थिए ।
उनले अतिवादको चरणहरु उदारवाद, अनुदारवाद, चरमपन्थ, कटटरपन्थ, हिंसा र विग्रह रहेकोले अझै यसबारे सञ्चारकर्मी गम्भिर भई समाजलाई सहि दिशातर्फ डोर्याउनु पर्नेमा जोड दिए । कार्यक्रममा सप्तरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख राजेन्द्र प्रसाद धमला, सप्तरीका सशस्त्र प्रहरी प्रमुख राजु श्रेष्ठ, भीमदल गण राजबिराजका गणपति प्रमुख सेनानी निरज भण्डारी, राष्ट्रिय अनुसान्धन कार्यालय सप्तरीका प्रमुख नरेश कुमार साहले जिल्लाको शान्ति सुरक्षा, सुशासन, कोरोना महामारीको प्रभाव र नियन्त्रणको प्रयास, स्थानीय स्तरका बेतिथिसहितको बारेमा जानकारी गराएका थिए ।

