सप्तरी - सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर १ का नव निर्वाचित वडाध्यक्ष धीरेन्द्रकुमार साहलाई शपथग्रहण समारोहमै प्रहरीले पक्राउ गरेको छ ।
उनीमाथि बलात्कारपछि हत्या र अपहरणपछि हत्या जस्ता गम्भीर अभियोग लागेका थिए ।
साहले गत मंसिर १६ मा सम्पन्न उपनिर्वाचनमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवारका रूपमा ६५२ मत ल्याएर वडाध्यक्ष पदमा विजय हासिल गरेका थिए ।
गम्भीर अपराधमा संलग्न भएको आरोप लागेका साह खुलेआम मनोनयन दर्ता, प्रचारप्रसार, मतदान र मतगणना प्रक्रियामा सहभागी भए । चुनाव जितेपछि शपथग्रहणको तयारीमा रहेका बेला प्रहरीले उनलाई नियन्त्रणमा लियो ।
गम्भीर मुद्दाहरू
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार साहमाथि तीनवटा गम्भीर अभियोग छन् ।
२०७८ चैत २२ मा एक स्थानीय महिलामाथि जबरजस्ती करणी र हत्या ।
अपहरणपछि हत्या ।
बेपत्ता पार्ने र कर्तव्य ज्यानको घटना ।
यो विषयमा साहविरुद्ध गत साउन १५ मा अदालतले पक्राउ अनुमति दिएको थियो ।
यो घटनाले नेपालको कानूनी प्रणाली र निर्वाचन प्रक्रियाको प्रभावकारितामाथि गम्भीर प्रश्न उठाएको छ ।
अभियोग लागेका व्यक्तिलाई मनोनयन, प्रचार र चुनावमा भाग लिन दिनु प्रशासनिक लापरबाही हो कि राजनीतिक संरक्षण ?