धनुषा- नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले देशको विद्यमान समस्या समाधान काँग्रेस नै गर्न सक्ने बताउनुभएको छ।
निधिले देशको निकास र लोकतन्त्रलाई मजबुत बनाउन अगामी चुनावमा नेपाली काँग्रेसलाई नै मतदान गर्नुपर्ने बताउनुभयो ।
काँग्रेस धनुषा क्षेत्र ३ (ख) को पहिलो क्षेत्रीय अधिबेशनलाई बुधबार जनकपुरधाममा उद्घाटन गर्दै निधिले काँग्रेसले नै देशको विद्यमान समस्या समाधान गर्ने भएकोले काँग्रेसलाई सहयोग गर्न आम जनता संग आग्रह समेत गर्नुभयो ।
उपसभापति निधिले काँग्रेस नेतृत्वमा बनेको गठबन्धन सरकारले संविधानको रक्षा गर्दै देश र जनताको हितमा केन्द्रीत रहेको बताउँदै उहाँले सरकारको पहिलो प्राथमिकता नागरिकको जिवन रक्षा रहेको बताउनुभयो।
निधिले भन्नुभयो, ‘बर्तमान सरकार सही दिशामा अघि बढिरहेको छ । पुनः एक पटक काँग्रेसलाई मतदाताले बहुमत दिनुपर्छ ।’ निधिले जनकपुरधामको पर्यटन प्रबद्र्धनमा महत्वपुणर् मानिएको नेपाल रेल्वे यथाशीघ्र सञ्चालनमा आउनुपर्ने जोड दिनुभयो ।
कार्यक्रममा प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले आफुले काँग्रेस प्रदेश २ को सभापतिमा उम्मेदवारी घोषणा गरेको बताउनुभयो ।
काँग्रेस धनुषा क्षेत्र ३ का सभापति शिवजी रायको अध्यक्षतामा भएको कार्यक्रममा काँग्रेस प्रदेशसभा सदस्य शिवचन्द्र चौधरी सहितले अधिबेशन सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।