जनकपुरधाम – मधेश प्रदेश सभामा रिक्त रहेको दुई वटा समितिले आज सभापति प्राप्त गरेको छ। दलीय सहमतिको आधारमा नेपाली काँग्रेस तथा नेकपा एकीकृत समाजवादी पार्टीले ती दुई समितिका सभापति पाएका छन् ।
एक वर्ष पछि प्रदेश सभाको कृषि तथा भूमि व्यवस्था समितिको सभापति पदमा नेपाली काँग्रेसका प्रदेश सभाका सदस्य संजय कुमार यादव र प्रदेश मामिला समितिको सभापतिमा नेकपा एकीकृत समाजवादी पार्टीका तर्फबाट रत्नेश्वरलाल गोईत सर्वसम्मतिले निर्वाचित भएका छन् ।



नव निर्वाचित भएका सभापतिहरूलाई प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्। नव निर्वाचित सभापतिलाई सभामुख मण्डल सहित प्रदेश सभाका सदस्यहरु तथा विभिन्न दलका नेताहरूले सफल कार्यकालका लागि शुभकामना दिँदै स्वागत गरेका छन् ।




