
सर्लाही। सर्लाहीको बह्मपुरी गाउँपालिकामा दुई सन्तान सहित आमाको पोखरीमा डुबेर मृत्यू भएको घटनाबारे माईती पक्षले हत्या गरेर पोखरीमा फालेको आरोप लगाएका छन् ।
बह्मपुरी गाउँपालिका वार्ड न. ३ भेल्ही निवासी संजिव कापर को २५ वर्षीया श्रीमती रितेवा देवी कापर र एक डेढ वर्षीया छोरी र एक ९ दिन मात्रको नवजात शिशु छोरा सहित साउन १३ गते पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा शव फेला परेको थियो ।
घर पक्ष र वडा अध्यक्षको अनुसार करिब ११ बजे राती घरबाट रितेवा देवी आफ्ना बच्चाहरु सहित घरबाट निस्किेकी थिईन् । भाली पल्ट विहान बच्चाहरु सहित रितेवाको घरबाट टाढा चौरमा रहेको सुर्यबंश पोखरीमा मृत अवस्थामा तैरिरहेको भेटियो । पोखरीमा शव देखेपछि स्थानियले प्रहरीलाई जानकारी गराएको थियो ।
तर माइती पक्षले तीनै जनाको हत्या भएको आरोप लगाएको छ । तिन बर्षअघि बिहे भएको छोरीको दाईजो र पैसाको लालचमा हत्या गरिएको माईती पक्षले आरोप लगाउदै आएको छ ।
ज्वाई लागुऔषधको दुव्र्यसनमा लागेका कारण छोरीको कान, नाकमा लगाउने गरगहना, लत्ता कपडा समेत बेचेर सखाप पारिसकेको थियो । त्यसै कारण हामीलाई दिन बाँकी रहेको भैंसी र फेरी माग गरेको पैसा समयमा नदिएको मृतक महिलाको आमा नगिना देवीले बताईन् ।
आमा नगिना देवीले भनिन्, ‘लागुऔषध दुव्र्यसनको सिकार भएका ज्वाई पैसा र भैंसीको लागि छोरीलाई नियमित शारीरिक तथा मानसिक यातना दिदै आएको थियो।’
बिहेमा मैले करार भएको सबै दाईजो र नगद दिईसकेका थिए । जेठी छोरीले एउटा पाडी (भैंसीको बच्चा) दिने वाचा गरेको थिईन, पाडी र अतिरिक्त रकम माग राख्दै पटक पटक फोनमा धाकधम्की दिएपनि आफूलाई थप दाईजो दिने सामथ्र्य नभएको कारण केही महिना प्रतिक्षा गर्नुस् भने पनि त्यसैको निहुँमा छोरीलाई नियमित कुटपिट गर्दै आएको आमा नगिना देवीले दुखेसो पोखिन् ।
साउन १३ गते राती छोरी सहित नाति र नातिनीको हत्या भएपनि घर पक्षले घटना बारेमा आफूहरुलाई कुनै जानकारी गराएनन् । आफू खेतमा काम गरिरहदा स्थानियवासीहरुबाट घटना बारे थाहा पाएको मृतक रितेवाकी आमा नगिनाले भक्कानिदै सुनाईन् ।
आमा नगिनाले भनिन्, ‘घटनाबारे थाहा पाएपछि आफू सदरमुकाम मलंगवाको जिल्ला सर्लाही अस्पतालमा पुगेर छोरीको अनुहार हेर्न आफू छटपटाईरहे र वियोगमा पटक पटक बेहोस पनि हुन पुगे ।’
उनले थप्दै सुनाईन् , ‘अस्पतालमा छोरीलाई हेर्न नपाएपछि छोरीको कहाँ पोस्टमार्टम हुदै छन् भनि प्रहरीलाई सोधे । प्रहरीले छोरीको नाम, बिहे भएको गाउँको ठेगाना साधेपछि मलाई भन्यो, तपाईकी छोरीको मानसिक सन्तुलन बिग्रिएर पागल भईसकेको थियो त्यही भएर दुईवटा बच्चाहरु सहित पोखरीमा गएर आत्महत्या गरिन्।’
आफूलाई सम्हाल्नै गाह््रो भयो मलाई उनले भनिन्, ‘ छोरीलाई पागल भई सन्तान सहित आत्महत्या गरेको बिल्कुल गलत भएको, छोरीको श्रीमान् सहित अन्य मिलेर पैसाको लालचमा छोरीको हत्या गरेको बताई रहँदा भनि प्रहरीले छोरीको अनुहार समेत हेर्न दिएनन् ।’
नगिनाको अनुसार छोरीको मुख हेर्न रोइकराई छटपटाई रहेकी देखेर एउटा एम्बुलेन्स चालकले छोपेर राखेको शवको अनुहार हेर्न सहयोग गरे । छोरीको अनुहार हेर्दा सुकेको मुखबाट फिज र नाकबाट रगत बगेको थियो । पानीमा डुबेर मृत्यु भएको मानिस पानी पिएर पेट फुकेको देखिएपनि पेट पानी समेत नभएको मैले पाएँ ।
उनले थपिन् , ‘जसको परिवार बालबच्चा सहित तीनजनाको मृत्यु भएको छ, उसको परिवारमा कुनै चिन्ता खबर पाइँन । छोरीको सासु, ससुरा र ज्वाँई कोहि पनि आफनो सामु आएन, उनिहरुको घरमा ३ जनाको ज्यान जाने गरि परिवारलाई नै स्तब्ध बनाउने घटना घटेपनि उनिहरुको अनुहार घटना बारे कुनै चिन्ता र दुःख मैले पाएन । उनिहरुको ध्यान घटनालाई मिलाउन र पोस्टमार्टमलाई प्रभावित बनाउन केन्द्रित भएको मैले महसुस गरे ।’
मृतक रितेवाको माइती गाउँका कृष्णनन्दन मिश्रको अनुसार मृत्यू भएको ५ दिन बितिसक्दा पनि घर पक्षले घटना बारे कुनै जानकारी गराएनन्, पोस्टमार्टम भएको रिर्पाेट २४ घण्टा भित्रमा सम्बन्धित कार्यालयमा पठाउनुपर्ने नियम भएपनि शवको पोस्टमार्टमको रिर्पाेट ६ दिन बितिसक्दा पनि सम्बन्धित कार्यलयमा पठाइएको छैन । यसमा चिकित्सकको समेत मिलोमतो रहेको देखिएको छ । मिश्रले भने, ‘अस्पतालले पैसाको आश्वासन पाएको हुन सक्छ तर पैसा नपाएको कारण पोस्टमार्टम रिर्पाेटमा ढिलाई गरिएको हो ।’
डुबेर मृत्यू भएको भएको मानिसको पेट र छाती फुकेको हुनुपर्ने तर शव प्रकृतिको हेर्दा पानी पेटमा पसेको नदेखिएको मिश्राले बताए । लागुऔषध दुव्र्यसनमा फसेका रितेवाको श्रीमान् संजिव नशा सेवन गर्न पैसा नहुदाँ पैसाको माग राख्दै श्रीमतीलाई पटक पटक कुटपिट गर्दै आएको थियो । यी सब पृष्ठभूमि हेर्दा श्रीमतीको हत्या गरेर घटना लुकाउन पोखरीमा फालेको हुनसक्ने पर्याप्त आधार देखिएको मिश्राले दाबी गरे ।
मृतक महिलाले छोरा पाएपछि सेवा र सहयोगका लागि बहिनी पिंकी कापर भेल्ही दिदीको घरमा पुगेकी थिईन । घरमा पुगेको राति समेत दिदीको घरमा पैसा र पाडीको लागि झगडा भएको बहिनी पिंकीले बताईन । पाडी र भान्जाको न्वारनमा भोजका लागि पैसाको माग राख्दै दिदीसंग भिनाजुले झगडा गरेको बताईन्।
पिंकीले भनिन्, ‘पैसाको बारेमा मलाई केही थाहा छैन, पाडी जेठो भिनाजुले साकार गर्नुभएको छ । विस्तारै विस्तारै सबै दिनुहुन्छ।’
बहिनी पिंकीको अनुसार दिदीले ‘मेरो भाग्य नै बिग्रियो ! यस्तो घरमा बिहे भयो, सबै दिन झै झगडा र गाली गलौज हुन्छ ! तिमी बलरा गईहाल, म त मर्छु नै ! यि राक्षसहरु तिमीलाई समेत मार्छन् ।’ दिदीले भनेकी सम्झिईन् ।
पिंकीले आफू दिदीको घरबाट फर्केको भोली पल्ट नै दिदी सहित भान्जा भान्जीको पोखरीमा डुबेर मृत्यु भएको खबर प्राप्त भयो । उनले भनिन्, ‘दिदी र भान्जा भान्जीको हत्या भएको हो । दिदीको कुनै मानसीक समस्या थिएन । उनि एकदम स्वस्थ्य थिईन् । भिनाजुहरुले तीनै जनालाई मारेर पोखरीमा फ्याकेको हो ।’
वडा अध्यक्षको फेरिएको बोली
त्यसैगरी मृतक महिलाको मानसिक सन्तुलन बिग्रेको कारण आत्महत्या गरेको बयान दिएका वडा न. ३ का वडाअध्यक्ष श्याम ईन्दल साह भोलिपल्ट महिला गरिबीको कारण आत्महत्या गरेको भनि आफ्नो बोली फेरेका थिए । फेरि अर्को दिन वडाअध्यक्षलाई सम्पर्क गर्दा महिला पूर्ण रुपमा स्वस्थ्य भएको बताए ।
यसरी वडाअध्यक्षको पटक पटक बयान फेर्नुले पनि घटना बारे थप प्रश्न उब्जाएको छ । एउटा स्वस्थ महिला १८ महिनाको छोरी र ९ दिनको नवजात शिशू लिएर आत्महत्या गरेको घटना बारे आफनो पनि संदेह रहेपनि घर पक्षले हत्या नगरेको वडाअध्यक्षले बचाउ गरे ।
मिलापत्र गर्न दबाब आयो
घटनालाई मिलापत्रका लागि भेल्हीबाट ७ जना मानिसहरु आएको माईती गाउँ बलराको स्थानिय नन्दकिशोर मिश्राले बताए ।
मिश्राले भने, ‘७ जना आएर हाम्रो गाउँको वडाअध्यक्षलाई खोज्दै थिए, मैले सोेधे किन आउनुभएको छ ! उहाँहरुले भन्नुभयो , हामी वडाअध्यक्षलाई खोजिरहेका छौ, पोखरीमा डुबेर मृत्यू भएको घटनालाई स्थानिय स्तरमा नै मिलापत्र गरौं भनेर कुराकानी गर्न आएका हौं ।’ मिश्राले यस्तो कुरा सुने पछि शंका झन बढेर आएको बताए । उनले कुनै पनि हालतमा मिलापत्र हुदैन भनेर कडा रुपमा प्रस्तुत भएपछि उनिहरु फर्केर गएको बताए ।
यद्यपि प्रहरीले मृतक महिलाको सासु, ससुरा, श्रीमान् र श्रीमान्को जेठो दाई गरी ४ जना विरुद्व घटना भएको ७ दिनपछि जाहेरी दर्ता गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीको प्रमुख एसपी संतोष सिंह राठौर ले बताए ।
पोस्टमार्टम रिर्पाेट सम्बन्धित कार्यालयबाट नआएका कारण जाहेरी दर्ता गर्न ढिला भएको बताउँदै एसपी राठौरले पोस्टमार्टम रिर्पाेट पाए लगत्तै जाहेरी दर्ता गरि मृतक महिलाको श्रीमान्लाई पक्राउ गरि अनुसन्धान सुरु गरि सकेको बताए ।
एसपी राठौरले भने, ‘हामीले घटना बारे अनुसन्धान सुरु गरिसकेका छौं । थप जानकारीका लागि मृतक महिलाको घरमा समेत पुगेका थियौं। स्थानीयबाट मृतक महिलाको पति लागुऔषधमा दुव्र्यसनमा लागेको बारे जानकारी प्राप्त भएको छ । थप अनुसन्धान हुँदैछ ।’
मधेसमा खासगरी बिहे भएपछि महिला घरबाट बाहिर निस्कन पाउदैनन् तर ३ बर्ष अघि मात्र बिहे भएर आएकी भर्खरै ९ दिनअघि मात्र बच्चा जन्माएकी महिला घरबाट टाढा रहेको पोखरीमा आत्महत्याका लागि कसरी पुगे ? घटना भएको ५ दिन बितिसक्दा पनि माईती पक्षलाई केही जानकारी नगराउनु , हतारहतारमा महिलाको शव जलाउनु, घर पक्षको अनुहारमा घरमा ३ जनाको मृत्यू भएको दुःख र चिन्ता नदेखिनु र मिलापत्रको लागि माईती घरमा मान्छे पठाउनु, जस्ता कुराले समेत यो घटनालाई थप शंकास्पद बनाएको छ ।
यसरी ९ दिने नवजात शिशु र १८ महिनाकी छोरी सहित आमाको शव एकै ठाउँमा भेटिनु पक्कै पनि घटना रहस्यमय नै हो । यस घटनाको सुक्ष्म अनुसन्धान हुनु पर्ने मानव अधिकारकर्मी तथा इन्सेक सर्लाही जिल्ला प्रतिनिधि बुधन साहले माग गरेका छन् ।
यो समाचार आजको खबर दर्पण रास्ट्रिय दैनिकमा छ ।
https://youtu.be/yyS9XGj4KbU