
महोत्तरी- समृद्ध नेपाल बर्दिवासले अपाङ्गता भएका व्यक्तिहरुको आर्थिक सशक्तीकरणका लागि व्यवसाय शुरुवात गर्न आवश्यक सामाग्री सहयोग गरेको छ ।
LIRIC Project अन्तर्गत यस संस्था र सामुदायिक विकास तथा पैरवी मंच नेपालको साझेदारीमा संचालित "जलवायु परिवर्तन अनुकुलनका लागि अपाङ्गता भएका व्यक्तिहरुको आर्थिक सशक्तिकरण परियोजना" अन्तर्गत औरही नगरपालिकामा ५ जनालाई सहयोग गरेको छ ।
औरही नगरपालिकाका नगर प्रमुख प्रदिप कुमार खड्काले सामाग्री हस्तान्तरण गर्नुभएको हो । अपाङ्गता भएका व्यक्तिहरुको व्यवसाय छनौट र व्यावसायिक योजना निर्माण सम्बधि तालिममा सहभागिता रहेको थियो ।