धनुषा- धनुषाको बटेश्वर गाउँपालिका वडा नं. १ चित्रपुरमा सोमबारदेखि विधिवत रुपमा श्रीमद भागवत कथा प्रवचन सुरु भएको छ ।
बटेश्वर गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउत क्षेत्री ( गणेश ) को प्रमुख आतिथ्यतामा सोमबारदेखि प्रवचन कार्यक्रम सुरु भएको हो ।
ब्रह्मज्ञान केन्द्र नेपालद्धारा श्रीमद भागवत कथा ज्ञान यज्ञको अवसरमा आइतबार भब्य कलश यात्रा गरि यज्ञ स्थलमा कलश स्थापना गरिएको थियो ।बटेश्वर गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउत, उपाध्यक्ष प्रमिला देवि सिंह , वडा नम्बर ३ का अध्यक्ष हिरालाल महतो, वडा नम्बर १ का अध्यक्ष शैलेन्द्र महतो , नेकपा एमाले बटेश्वर गापा अध्यक्ष रामखेलावन महतो, समाजसेवी उमेश महतो, राजदेव महतो , समाजसेवी युवा नेता जीवन भुजेललगायत बिशेष उपस्थिति रहेको थियो ।
सोमवारदेखि सुरु भएको भागवत कथा प्रवचनका लागि भारतका प्रसिद्ध कथा व्यास भागवत भास्कर विद्धुषी मैत्रेयी भारती र स्वामी शिवानन्दले प्रवचन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । १२ बजेदेखि नियमित रुपमा पुष ४ गतेसम्म भागवत कथा प्रवचन गरिनेछ ।




