
रौतहट । बोलबम जाँदै गरेको काँवरिया चढेको गाडी दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यू भएको छ भने अन्य पाँच जना घाईते भएका छन् । प्रदेश नम्बर २ कोरौतहटमा काँवरिया चढेको बोलोरो दुर्घटना हुँदा एक जना तिर्थालुको ज्यान गएको छ भने एक काँवरिया बेपत्ता पनि भएको प्रहरीले जनाएको छ ।
सोमवार (आज) बिहानै करिब ४ बजे बोलबम काँवरिया तिर्थालु चढेको बलेरो पिकअप गाडी चन्द्रपुर १ नुनथर जाने बाटोको नहरमा दुर्घटना भएको हो । गाडीमा सवार २० जना तिर्थालुहरु मध्ये बारा गढिमाई नगरपालिका वस्ने अन्दाजी वर्ष ४५ कि मिना देवी कोईरीको मृ,त्यू भएको प्रहरीले जनाएको छ।दुर्घटनामा परेर एक जना महिला बेपता भएको बताईएको छ । वेपता महिलाको खोजी भइहेको र कसैले देखेमा खवर गरीदिन प्रहरीले अनुरोध गरेको छ ।
बारा जिल्लाबाट बोलबम आएर बाग्मती नदिबाट जल बोकी फर्कने क्रममा ना ५ च ३१६६ नम्बरको बोलेरो पिकअप अनियन्त्रित भई नहरबाट अन्दाजी ५० मिटर तल खसेको थियो ।दुर्घटनामा परि नहरमा खसेका १८ जनालाई प्रहरी कै सहयोगमा नहरबाट उद्धार गरेको छ ।उद्दार गरिएको मध्येबाट ५ जना घाईतेलाई उपचारका लागि पठाइएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको डिएसपि लिलाराज लामीछानेले बताएका छन् ।
