
महोत्तरी - शसस्त्र प्रहरी बल नेपाल विओपी सम्सीले पाँच घन्टाको अवधीमा पाँचलाख २३ हजार बरावरको विभिन्न सामग्री पक्राउ गरि भन्सार बुझाएको छ ।
श्रावण २३ गते राती १२ बजे देखि २४ गते विहान ५ बजे भित्रमा बिओपी सम्सीले चेकजाचको क्रममा कन्हमा बोर्डर र शंकरचोकबाट उक्त रकम बरावरको सामग्री पक्राउ गर्न सफल भएको हो ।
सम्सीमा शसस्त्र प्रहरीले स्थानिय साना तिना व्यापारीलाई दुःख दिईरहेको गुनासो आईरहदा एकरातमै यतिको रकम बरावरको सामग्री पक्राउ परेपछि उक्त नाका अवैध कारोवारको लागि व्यापारीहरुले प्रयोग गर्दै आएको स्थानियहरुले स्विकारेका छन । स्थानियका वाहेक समेत घरायसी प्रयोग कै लागि भन्दै थोरै थोरै परिमाणमा व्यापारीहरु सामान ओसार पसारमा लागेपछि शसस्त्र प्रहरीले विगत भन्दा केहि कडाई भने गरेको शसस्त्र प्रहरी बल नेपाल नं. ९ गणका गणपति एसपी सुरेश सापकोटाले बताए । उनले स्थानियको आवरणमा व्यापारीहरुले तस्करी गर्न थालेपछि चोरी निकासी नियन्त्रणको लागि विशेष अपरेशन थालिएको र यसको नतिजा समेत सकारात्मक आएको बताए ।
उनले हिजो आईतवार पाच घन्टा मै १६ थान गाई सहित कपडा,मेसिनरी पार्टस,खेलौना र कस्मेटिक लगायतका विभिन्न सामग्रीहरु पक्राउ परेको बताए ।
बिओपी सम्सीले गत श्रावण २३ गते दुई लाख ३७ हजारको सामग्री गरि यहि श्रावण भित्र २७ लाख २३ हजार बराबरको सामग्री पक्राउ गरिसकेको छ ।
यता गत आर्थिक वर्षमा शसस्त्र प्रहरीले जिल्लाभरिमा छ करोड ४० लाख बराबरको विभिन्न सामग्री पक्राउ गरेको एसपी सापकोटाले बताए ।