
महोत्तरी - आसन्न मङ्सिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि दलहरु घरदैलो कार्यलाई तीब्र दिएका छन् ।
महोत्तरी क्षेत्र नं. १ (क) मा लोसपा पार्टी बाट प्रदेश सभा सदस्यका उम्मेदवार पिताम्बर महतो पनि घरदैलोमा व्यस्त छन् ।
घरदैलो कार्यक्रममा जनता समक्ष गएर महतो मतदाताहरुसँग भेटघाटलाई तीव्रता दिएका छन् ।उनले लोसपा पार्टी बाट चुनाव चिन्ह साईकल छापमा मतदान गर्न आग्रह गरेका छन् ।