महेन्द्रनगर - धनुषाको क्षीरेश्वरनाथ नगरपालिका महिलाहरुलाई उद्यमी तथा आत्मनिर्भर बनाई उनिहरुको जिवन स्तर माथी उकास्न नगरपालिका सिलाई मेसिन वितरण गरेको छ ।
क्षीरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख योगेन्द्र पजियारको अध्यक्षतामा आज आयोजित एक कार्यक्रम बीच वडा नम्बर १ देखि १० सम्म ११० जना महिलाहरुलाई सिलाई सम्बन्धी सिप मुलक तालिम प्रदान गरि निशुल्क सिलाई मेसिन उपलब्ध गराएको छ ।
कार्यक्रममा नगर प्रमुख पजियारले सिलाइ कटाइ सम्बन्धी शिप मुलक तालिम प्रदान गरि उनिहरुले आफ्नै उद्यम गरि स्वरोजगारी सृजना गराउने उद्देश्यले यस्ता किसिमका कार्यक्रम संचालन गरिएको बताए । सिलाई मेसिन वितरण गर्दै महिलाहरुलाई केही हद सम्म आर्थिक उन्नती गर्ने उद्देश्यका साथ नगरपालिका द्वारा यस्तो किसिमको कार्यक्रम ल्याएको छ र विगतमा पनि सिलाई कटाई, व्यूटीपार्लर जस्ता साना साना घरेलू उद्योगका धेरै सामानहरु वितरण गरिसकेको छ ।
नगर प्रमुख पजियारले भने, 'कोरोनाको कारण धेरै किसिमको कार्यक्रम गर्न सकिरहेको छैन यो कार्यक्रम गत वर्षको योजनामा थियो बल्ल यसपालि यो कार्यक्रम गर्न सफल भएको छु । साथै विश्वभर महामारीको रुपमा फैलिएको कोरोना कालमा पनि नगरपालिकाबाट कोरोनाले मृत्यू भएका परिवारलाई ५० हजार, अस्पतालबाट इलाज गरेकालाई १५ हजार र घरमै बसेर उपचार गरेकालाई ५ हजार वितरण गरिएको छ ।'
त्यस्तै नगर प्रमुख पजियार कार्यपालिका बैठकबाट आउने दशैं नजिक नयाँ कार्यक्रम अन्तर्गत दलित समुदायका महिलाहरुको लागि चुल्हो सहित ग्यास सिलेन्डर वितरण गर्ने कार्यक्रम रहेको जनकारी गराए ।
साथै कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत प्रमोद घिमिरे आफुले सिकेको सिपलाई सक्दो उपयोग गर्न आग्रह गरे । उनले सिकेको सिपलाई प्रविधियुक्त बनाउन पुर्नःताजगी तालिमका लागी नगरपालिकामा माग गर्न पनि आग्रह गरे ।
उनले महिलाको जिवन उकास्ने क्षेत्रमा लगानी गर्न नगरपालिका संधै तयार रहेको बताउँदै मेसिन प्राप्त गर्नु ठूलो कुरा हैन सिकेको शीपलाई सदुपयोग गरि आत्म निर्भर बन्न सक्नु पर्ने बताए ।
कार्यक्रममा वडाअध्यक्ष श्याम किशोर यादव, जय किशोर सिंह, जगदिस यादव, जिवछ मण्डल, मान बहादुर श्रेष्ठ, राम किशुन यादव, अशोक चौधरी, राम पदार्थ यादव, वडा सदस्य लगायतको उपस्थिती रहेको थियो ।
[embed]https://www.facebook.com/100002366022364/videos/pcb.4202582983163861/2997086313864260http://[/embed]