महोत्तरी - महोत्तरीको गौशलामा आयोजित प्रदेश २ स्तरीय फुटवल प्रतियोगिताको उपाधी आयोजक विरता स्पोर्ट्स क्लवले आफ्नो कब्जामा लिन सफल भएको छ।
गौशाला नगरपालिका - ४ स्थित विरता स्पोट्र्स क्लव गौशालाले आयोजना गरेका प्रदेश स्तरीय फुटबल प्रतियोगिताको आज भएको आयोजक विरता स्पोर्ट्स क्लव र एभरेष्ट क्लव लालबन्दी सर्लाही बीचको फाईनल खेलमा शुन्यको विरुद्ध १ गोलको प्रहार गरी आयोजक विरता क्लवले विजयी प्राप्त गरेका हुन् ।
निकै रोमाञ्चक र घमासान खेलमा विरताका जर्सी नं. ७ का खेलाडी त्रिजन मगरले गरेको १ गोल नै निणर्ायक साबित भयो ।
प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल वीरता स्पोर्टस क्लव गौशाला महोत्तरीलाई साट्ठी हजार राशी सहित मेडल र कप हात पारे भने दोश्रो पुरस्कार एभरेष्ट क्लब लालबन्दी सर्लाहीले तीस हजार सहित मेडल र कप प्राप्त गरेका छन् ।
प्रतियोगिताको म्यानअफ द म्याच पुरस्कार पनि जर्सी नं. ७ का खेलाडी त्रिजन मगरलाई प्रदान गरियो भने म्यान अफ द सिरीजको पुरस्कार अनिल पाँचेलाई प्रदान गरियो ।
प्रतियोगिताको समापन समारोहका प्रमुख अतिथि नेपाली काँग्रेसका नेता प्रहलाद क्षेत्रीले आफु यस क्षेत्रको नभए पनि युवाहरु खेलमा जागरुक हुनु समाज र राष्ट्रको लागि नै राम्रो भएको बताए । उनले यस क्षेत्रका खेलाडीहरुको हौसला प्रदान गर्न तन,मन र धनले सहयोग गर्न तयार रहेको बताए ।
त्यसै गरी समापन समारोहका विशिष्ट अतिथिको रुपमा रहेका गौशाला नगरपालिकाका वडा नं. ४ का वडा अध्यक्ष रामबाबु साहले वीरता स्पोर्टस क्लवले फुटबल प्रतियोगिता संचालन गरेकोमा धन्यवाद प्रकट गर्दै कुलतमा फसेका युवाहरुलाई बढी भन्दा बढी खेलमा सहभागी गराई कुलतबाट बचाउन यस्तो खेलले मद्दतले गर्ने बताए ।
उनले आउने दिनहरुमा पनि आफु जननिर्वाचित भए पनि नभए पनि यस क्षेत्रमा आफ्नो साथ सहयोग हमेशा रह्ने र यस नगरपालिकाका युवाहरुलाई खेल जगतमा अगाडी बढाउने प्रतिवद्धता जनाए ।
कार्यक्रममा राजनितिकर्मी, जनप्रतिनिधि, संचारकर्मी लगायतका प्रतियोगितामा विभिन्न क्षेत्रबाट सहयोग गर्नेहरुलाई सम्मान गरिएको थियो ।





