
सर्लाही - बरहथवामा एक किशारीको शव फेला परेको छ।
बरहथवा नगरपालिका वडा नम्बर ११ स्थित हीरापुरमा करिब १६ वर्षीया किशोरीको शव भेटिएको हो। बागमती नदी ब्यारेजमा पानीमा तैरिरहेको अवस्थामा स्थानीयले शव फेला पारी प्रहरीलाई खबर गरेका थिए।
स्थानीयका अनुसार उक्त शव सोही वडाकी विलास राउतकी छोरी लालोको शव भेटिएको हो। साउन २७ गते साँझ घरबाट बाहिर काम छ भनी निस्किएकी लालो अबेरसम्म नफर्केपछि परिवारले खोजी गरेका थिए। भोलिपल्ट बिहान (२८ गते) उनको शव बागमती ब्यारेजमा तैरिएको अवस्थामा भेटिएको थियो।
घोप्टो परेको र हात पछाडि बाँधिएको अवस्थामा स्थानीयले शव भेटेका थिए। प्रहरीले यसबारे अनुसन्धान भइरहेको बताएको छ। शवको प्रकृति हेर्दा आत्महत्या जस्तो देखिए पनि अहिलेसम्म घटनासँग जोडिएका केही सुराक पत्ता लाग्न नसकेको प्रहरीको भनाइ छ।