हाइटीमा ७.२ रेक्टर स्केलको भूकम्प जाँदा कम्तीमा ३ सय ४ जना मानिसको मृत्यु भएको छ । भूकम्पमा परी १८ सय भन्दा बढी घाइते भएको बीबीसीले जनाएको छ ।
शनिबार बिहान हाइटीको सेन्ट लुईस डू सुड सहरदेखि १२ किलोमिटर नजिकै केन्द्रविन्दू भएर भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले पुष्टि गरेको छ ।भूकम्पका कारण त्यहाँको पश्चिम क्षेत्रका धेरै संरचना,होटल तथा चर्चहरुमा क्षति भएको छ ।
ठूलो क्षति भएपछि त्यहाँका प्रधानमन्त्री एरियल हेनरीले एक महिने संकटकालको घोषणा गरेका छन् ।
हाइटी सन् २०१०को भूकम्पबाट भर्खरै तंग्रिदै गरेको अवस्थामा पुनःअर्को ठूलो भूकम्प आएपछि त्यहाँको अवस्था झनै नाजुक भएको छ । त्यसबेला भूकम्पमा परी २ लाख मानिसले ज्यान गुमाएका थिए ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले हाइटीलाई आफत्कालीन अमेरिकी सहयोगको स्वीकृति दिएका छन्
[embed]https://twitter.com/DrArielHenry/status/1426648788903542789?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1426648788903542789%7Ctwgr%5E%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fekantipur.com%2Fworld%2F2021%2F08%2F15%2F16289922748579781.html[/embed]