काठमाडौं : गत वर्षको तुलनामा सामुदायिक विद्यालयहरुको कार्यसम्पादन स्तर घटेको छ ।
महालेखा परीक्षकको कार्यालयले शुक्रबार ५८औं प्रतिवेदन सार्वजनिक गर्दै सामुदायिक विद्यालयहरुको कार्यसम्पादन स्तर घटेको औल्याएको हो ।
प्रतिवेदनको अनुसार कार्यसम्पादन परीक्षणमा लगानी, प्रक्रिया, उपलब्धि र सेवा प्रदान गरिएका विद्यार्थी संख्यालाई आधार लिई १३ उप क्षेत्रबाट ८९ सूचकका आधारमा पूर्णांक कायम गरी विद्यालयको कार्यसम्पादनस्तर परीक्षण गर्दा स्तर घटेको पाइएको छ ।
२०७५ मा एक हजार ९९९ र २०७६ मा ९९६ विद्यालयको कार्यसम्पादनस्तर परीक्षण गर्दा सामुदायिक विद्यालहरुको औषत प्राप्तांक ६३ प्रतिशतबाट घटेर ६० प्रतिशत भएको छ ।
उत्तम, मध्यम रहेका विद्यालयको कार्यसम्पादन स्तर पनि १६ प्रतिशतबाट घटेर १४ प्रतिशतमा झरेको छ भने न्यून र समान्यस्तर रहेका विद्यालय ८४ प्रतिशतबाट घटेर ४६ प्रतिशत पुगेको प्रतिवेदनले औल्याएको छ ।