महोत्तरी। सिरहा जिल्लाकाे पतारको अमर लाल दास र लहानको महादेव पासवान तथा महोत्तरी सुगाको सत्यम लाल झालाई भारतको दरभंगाबाट उद्धार गरि नेपाल फिर्ता ल्याएको सामाजिक अभियानता सराेज रायले बताउनुभयो । यिनीहरू लामो समय देखी दरभंगा स्थित बालगृहमा राखिएको थिए । तिनै बालक फरक फरक समयमा भारत गएका थिए ।
अमर लाल दास करिब एक वर्ष देखि बालगृहमा थिए, उनी बोल्न सक्दैन भन्ने अर्का करिब चार महिना दरभंगाबाट दुई बालक उद्धार गर्न आएको बेला अमरको बारेमा जानकारी भयो । महादेव पासवान वारे करिब डेढ महिना अगाडी र सत्यम लाल झा बारे करिब ३८ दिन अगाडी जानकारी प्राप्त भएको थियो । तिनवटै बालकको घरपरिवार खोज्न फेसबुकमा फोटो राखेको थिए र सबैको बुवाआमा संग सम्पर्क भईसकेकाे अभियानता रायले जानकारी दिनुभयो ।
त्यहि बेला देखि तिनवटै बालकलाई नेपाल फिर्ता ल्याउन पहल गरिरहेको थिए । आवश्यक कागजात बनाएर भारत पठाए, कोरोनाले गर्दा बाल कल्याण समिती दरभंगाले केहि दिन अगाडी मात्र तिनवटै बालकलाई नेपाल पठाउने निर्णय गरेका थिए । त्यहीँ अनुसार शनिबार दरभंगा पुगेर कागजी प्रकृया पुरा गरि सबैलाई नेपाल फिर्ता ल्याएकाे छु । कोरोनाले गर्दा आमाबुवालाई साथमा लगेनौं ।
नेपाल ल्याएर जिल्ला प्रशासन कार्यलयको मार्फत परिवारजनलाई जिम्मा लगाउने छ । यस उद्धार कार्यमा सहयोग गर्न जनकपुरको समाजसेवी प्रवीण महतो संगै भारत आएका सबै साथीहरूलाई धन्यवाद दिन चाहन्छु ।