
सप्तरी : प्रदेश २ को सप्तरी र सिरहाबाट लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्वर २ बरमझिया बस्ने बिन्देश्वर यादवको २८ वर्षीय छोरा जयराम यादवलाई पक्राउ गरेको हो । उनलाई बरमझिया स्थित सँगम फास्फुड एण्ड मदिरा होटलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यादवले उक्त होटलमा लागुऔषध बिक्री वितरण गरि रहेको खबर लगतै उनलाई प्रहरी टोलिले नियन्त्रणमा लिएको थियो ।पक्राउ परेका यादवको साथबाट नाईट्रोसन–१० ६१० पिस टयाबलेट र खाली खोल ४१ पिस, एसपाम प्रोक्सीवन प्लस ३१० पिस ट्याबलेट भरेको र खाली खोल २० पिस, डिलेस ८ पिस भरेको र खाली ५ पिस, कोडीवेल १ सय एम एल खाबी १ पिस, सिरिन्च १ थान, मोबाईल ३ थान र १८ हजार ६ सय ७५ रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।
पक्रउ परेका यादव विरुद्ध थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।उत्ता सिरहाको लहान नगरपालिका वडा नम्वर ३ बाट लागुऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्वर १२ अर्नामा बस्ने २० वर्षीय बालकृष्ण साहलाई २ नम्वर प्रदेश प्रहरी कार्यालय जनकपुर र इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलिले उनलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका साहको साथबाट नाईट्राभेट २५८ वटा र १० हजार नगद बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहा प्रवक्ता सुभाव बुढाथोकीले जानकारी दिए ।