
झापामा एकै परिवारका तीन जना मृत फेला परेका छन् ।
सोमबार बिहान कनकाई नगरपालिका–१ सिर्जना टोलमा आठ महिने बालिकासहित एकै परिवारका तीन जना झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यका अनुसार ३४ वर्षीय रविन विक, उनकी श्रीमती २९ वर्षीया मुना र आठ महिने छोरी रुविना झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
घटनाको प्रकृति हेर्दा आत्महत्या जस्तो देखिएको उनले बताए । स्थानीयका अनुसार मृतक रविन वैदेशिक रोजगारीमा जानका केही दिन अघि काठमाडौं गएका थिए । तर, कोरोना संक्रमण देखिएपछि उनी घर फर्किएका थिए ।
घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरी नायब उपरीक्षक आचार्यले बताए ।-शिलापत्र