
सर्लाही। देश विद्युत उत्पादनमा आत्मनिर्भर भनिपनि सर्लाहीमा अघोषित लोडसेडिङ्गका कारण आम नागरिकहरु हैरान भएका छन । विना सुचना छिनछिनमा बत्ति जाने, बत्ति आए लगत्तै केही बेरमै झ्याप झ्याप फेरी कटने, कहिले घण्टौं बती नआउने र विद्युत आएको समयमा पनि अत्यन्त न्यून भोल्टेज हुँदा स्थानियवासी हैरान भएका छन्।
लोडसेडिङ्ग मुक्त जिल्ला सर्लाहीमा यसरी गरिने अघोषित लोडसेडिङ्गले गर्दा उद्योगी, व्यवसायी, कुटिर उद्योगी, संचार संस्था, शैक्षिक संस्था, आम सर्वसाधारण, एफएम रेडिया र अनलाईन पढने विद्यार्थीहरु सबैभन्दा बढी मारमा परेका छन ।
विद्युतको अनियमितताका कारण जिल्लामा संचालित साना तथा घरेलु उद्योगहरु समेत प्रभावित हुनुको साथै तरकारी, मासु, दुध व्यापारी तथा कृषकहरुको दैनिक लाखौ रुपैया सडेर क्षती हुने गरेको छ ।
कोरोना महामारीका कारण आक्रान्त बनेका तराई मधेसमा अहिले कडा खालको चर्को घाम र गर्मीका कारण जनजिवन थप कष्ठकर बन्दै गएको छ । तराई मधेसमा सावन भर्दाैको महिनाको छाला पोल्ने चर्काे घाम र गर्मीको मार खेपिरहेका आम नागरिकहरु अनियमित विद्युत अवरुध र न्यून भोल्टेजको समस्याले थप आतंकित बनाएको छ ।
देशमा खपत भन्दा बढी विद्युत उत्पादन भएको सरकारले दाबी गरेपनि सर्लाहीमा अघोषित लोडसेडिंगको कारण आम उपभोक्ता मारमा रहेको स्थानियवासी महिन्द्र यादव ले बताए । विध्ुत समय परिस्थिति र वातावरण अनुकुल काटिनु पर्ने भएपनि यहाँ मनपरी ढंगले जथाभावि विद्युत काटिने गरेको छ । चर्को गर्मी मौसममा विद्युत् काटिने र न्यून भोल्टेज हुँदा पंखा नचल्ने भएपछि घरभित्र बस्नै नसक्ने अवस्था आउने गरेको बताए ।
लकडाउनका कारण आक्रान्त बनेका आम नागरिकहरु जथाभावि विद्युत काटने र न्यून भोल्टेजका कारण स्थानिय स्तरमा रहेको प्राय ः सबै धान, गहुँ र चिउरा कुटने कारखाना समेत बन्द हुने स्थितिमा पुगेको चन्दन राईस मिलका संचालक राजकुमार पासवान ले बताए । उद्योग बन्द हुदाँ आफनो परिवारको जिवकोपार्जन समेत समस्या हुनुको साथै स्थानिय स्तरमा समेत भोकमरी बढेको गुनासो गरे ।
लोडसेडिङ्ग मुक्त भनिएपनि बत्ति कटेको घण्टोसम्म आउदैन, खाना खाने समय र कार्यलयको पिक आवरमै विद्युत काटिने गरेको स्थानियवासी हरिचन ठाकुर ले बताए । विद्युत हाम्रो दैनिक जिवनको अतिआवश्यक विकासका पूर्वाधार रहेका छन । कृषि क्षेत्रमा सिँचाई तथा कृषि यान्त्रिक उपकरण संचालन, उद्योग तथा कलकारखाना, घरायसी प्रयोजन र खानेपानीका लागि मोटर संचालनका लागि विद्युत अपरिहार्य रहेपनि समस्या समाधानका लागि सम्बन्धित निकाय उदासिन रहेको आरोप लगाए ।
अनियन्त्रित विद्युत् कटौती र न्यून भोल्टेजले उद्योग कलकारखाना सञ्चालन नै हुन नसक्ने अवस्था आएको व्यवसायीहरूले गुनासो गरेका छन्। छिनछिनमा बत्ति कटने र विद्युत आएको समयमा पनि न्यून भोल्टेज हुदाँ उद्योगको उत्पादन नै प्रभावित भएको भवानी समिल सर्लाहीका म्यानेजर सुरेश साह ले बताए । अत्यन्त न्यून भोल्टेज हुँदा विद्युत् भएको समयमा समेत जेनेरेटर चलाएर काम गर्नुपर्नेे बाध्यता रहेका छन ।डिजेल समेत महंगो भएका कारण जेनेटरले उद्योग संचालन गर्दा लागत खर्च बढने र लकडाउनका कारण उत्पादनले समेत बजार नपाउने गरेका कारण उद्योग नै बन्द गर्ने स्थितिमा पुगेको गुनासो गरे ।
एक लाख भन्दा बढी उपभोक्ता रहेको सर्लाहीमा विद्युत व्यवस्थापनका लागि मंलगवा, लालबन्दी र बरहथवा गरी तिनवटा वितरण केन्द्र रहेको नेपाल विद्युत प्राधिकरण शाखा मंलगवाका उपप्रबन्धक विनोद कुमार यादव ले बताए ।
जिल्लाका तीन वटा सव स्टेसनले ३३ केभीबाट लिएको करेन्ट पाँच सय एम्पियरसम्म पुग्ने गरेको छ। तर सर्लाहीमा विस्तार भएको तारको क्षमता ४३० एम्पियर मात्रै छ। यसरी तारको क्षमताभन्दा बढी करेन्ट प्रवाह हुँदा तारको कनेक्सन छुट्ने समस्या बारम्बार दोहोरिने गरेको बताए ।
नवलपुरमा निर्माणाधीन सबस्टेसन सञ्चालनमा नआउँदासम्म सर्लाहीमा विद्युतको समस्या रही रहने नेपाल विद्युत् प्राधिकरण सर्लाहीले बहाना बनाएपनि सर्लाहीमा विद्युतको समस्यामा व्यवस्थापकीय पक्षको समेत ठूलो कमजोरी रहेको नागरिक अगुवा शिवचन्द्र चौधरीले आरोप बताए ।
जिल्लाका अधिकांश तार पोलमा समस्या रहेका कारण अलि हावाहरी र बर्षा भयो कि पोल ढल्ने, तार चुडि विद्युत अवरुध हुने गरेका छन । विद्युतको व्यवस्थापन पक्ष तादरुकताको साथ ईमन्दारीपूर्वक पोल र तारमा भएको फल्टको मर्मत र सम्भारमा मात्र ध्यान दियो भने विद्युतको समस्या धेरै हदसम्म समाधान हुने बताए ।