जनकपुरधाम : केही महिना अगाडीसम्म प्रदेश २ का सरकार भन्दा बाहिर रहेको माओवादी केन्द्रका नेताहरुले प्रदेश सरकारका मन्त्रीहरु विलासितामा केन्द्रित भएर रहेको भन्दै कडा आलोचना गर्दै समेत आई रहेका थिए ।विभिन्न मञ्चदेखि सदनसम्म प्रदेश सरकारमा सहभागी मन्त्रीहरुलाई आलोचना गर्ने माओवादी केन्द्र अहिले प्रदेश सरकारमा सहभागी भएको छ ।
प्रदेश सरकारमा सहभागी भएको केही साता नबित्दै तीनै माओवादी केन्द्रबाट सरकारमा सहभागी सर्वहारा नेताहरुले विलासी सोच प्रदर्शन गर्न लागेका छन् ।प्रदेश २ सरकारमा माओवादी केन्द्रबाट भरतप्रसाद साह आन्तरिक मामिला तथा संचार मन्त्री छन् भने रुबी कर्णलाई आन्तरिक मामिला तथा संचार राज्य मन्त्रीको जिम्मेबारी दिइएको छ ।कहिल्यै प्रदेश सरकारका मन्त्रीहरु जनताको कर र पसिनाबाट जम्मा भएको ढुकुटीको दोहन गरिरहेको आरोप लगाउनै यीनै सर्वहारा नेताहरु अहिले आएर मन्त्रालयसंग गाडी हुँदा हुँदै पनि गाडी किन्नका लागि अर्थ मन्त्रालयसंग करोडौ रुपैयाँको माग गरेका छन् ।
गाडी खरिद गर्नका लागि करोडौ रुपैयाँ अर्थ मन्त्रालयसंग माग गरेपछि आफूलाई सर्वहाराको नेता कहलाउन रुचाउने मन्त्री साहको विलासी सोच भएको छ ।श्रोतका अनुसार मन्त्री साहका लागि २ लाख ५० हजार रुपैया मोबाइल खरिदका लागि समेत माग गरिएको छ ।३ वटा गाडी खरिद गर्नका लागि अर्थ मन्त्रालयसंग ३ करोड ७ लाख रुपैयाँ माग गरिएको मन्त्रालयका प्रवक्ता अवधकिशोर कुश्वाहाले जानकारी दिए । यद्यपि मन्त्रालयसंग अहिले पनि ८ वटा गाडी रहेको उनले बताए ।
उनले मोबाइल खरिदका लागि रुपैयाँ माग गरिएको विषयमा अनभिज्ञता प्रकट गरे ।अहिले आन्तरिक मामिला तथा संचार मन्त्री साह र राज्य मन्त्री कर्ण दूबै सफारी गाडी चढ्दै आई रहेका छन् । त्यस्तै सचिव वीरेन्द्र यादव टोयटाको रश गाडी प्रयोग गर्दै आई रहेका छन् ।यस अतिरिक्त मन्त्रालय एक गाडी पूर्व आन्तरिक मामिला तथा संचार राज्य मन्त्री सरोज कुश्वाहाले अहिलेसम्म गाडी मन्त्रालयलाई जिम्मा लगाएका छैनन् । उनी ह्युण्डायको भेनु गाडी प्रयोग गर्दै आई रहेका छन् ।
मन्त्रालयसंग यी गाडीहरु बाहेक एउटा स्कर्पियो, एउटा टाटा सुमो र २ वटा पिक अप गाडी गरी कुल ८ वटा गाडी रहेको छ ।साथ साथै अआज केबिनमा मन्त्रि साहले ४२ इन्चको एलइड़ी र सचिबलाई ३२ इन्चको एलइड़ी साथै ३२ इन्चको राज्य मन्त्रि समेत सहितलाई आदेश दिए ।