
महोत्तरी – प्रदेश २ सरकारले एसिड पीडित आरती साहलाई पाँच लाख आर्थिक सहयोग गरेको छ।
मुख्यमन्त्री लालबाबु राउतले श्रीमानबाटै साह एसिड पीडित भएपछि प्रदेश सरकारले ५ लाख रुपैयाँ राहत दिने घोषणा गरेका थिए।
सोही घोषणा अनुसार बिहीबार मुख्यमन्त्री राउतले पाँच लाखको चेक हस्तान्तरण गरेका हुन्।
