हाँस्य कलाकार तथा गायक हरिवंश आचार्यले आफूलाई गायन क्षेत्रमा पनि सक्रिय बनाइरहेका छन् । हरिवंशका एकपछि अर्का गीत सार्वजनिक पनि भैरहेका छन् । यी मध्ये धेरै गीत व्यवसायिक शैलीका छन् । हरिवंशबाट श्रोता तथा दर्शकले अब सामाजिक सन्देश दिने, जनचेतना जगाउने प्रकारका गीत आशा गर्छन् ।
उनै, हरिवंशले आफ्नो स्वर, शब्द तथा संगीतमा ‘ए कालु भेना’ बोलको गीत सार्वजनिक गरेका छन् । यो गीतमा उनलाई गायिका मिलन नेवारले गायकिमा साथ दिएकी छिन् । गम्भिर बिष्टको कोरियोग्राफी तथा निर्देशनमा तयार भएको यो गीतको भिडियोमा हरिवंश आचार्य, नाजिर हुसेन, आँचल शर्मा, आर्यन खरेलले अभिनय गरेका छन् । गाउँ घरको परिवेश नै रमाइलो हुने भएकाले पनि विदेश नजानका लागि यो गीतले आग्रह गरेको छ ।
निर्देशक गम्भिर बिष्टले गाउँ घरको सोही परिवेशलाई समावेश गरेर निक्कै नै उत्कृष्ट भिडियो तयार पारेका छन् ।
[embed]https://youtu.be/2W-u_FftQWg[/embed]