
काठमाडौं – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले शुक्रबारदेखि औपचारिक रूपमा पार्टी कार्यालय सञ्चालनमा ल्याएको छ। बबरमहलस्थित तत्कालीन राजपाको कार्यालयमा झण्डोत्तोलन गरेर लोसपाले औपचारिक रूपमा पार्टी कार्यालय सञ्चालनमा ल्याएको हो।
अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, शरतसिंह भण्डारीलगायतका नेताहरूले नवगठित पार्टीको झण्डोत्तोलन गरेका लोसपाका कार्यालय सचिव रञ्जीत निष्पक्षले जानकारी दिए।
पार्टी कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष महन्थ ठाकुरले सरकारमा सहभागी हुने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग कुनै छलफल नभएको बताए। देउवाले सोधेमात्र सरकारमा जाने विषयमा आवश्यक निर्णय हुने उनले बताए।