जनकपुरधाम- जानकी मन्दिर परिसरबाट मुख्यमन्त्री लालबाबु राउतको प्रचारबाजी होर्डिंग बोर्ड युवाहरुले हटाएका छन् ।
मुख्यमन्त्री राउतको तस्बीरसहित स्वच्छता अभियान, बेटी पढाउ बेटी बचाउ अभियान लगायतको विभिन्न नारा लेखिएको बोर्ड जानकी मन्दिर तथा छेउटाबाट युवाहरुले शनिबार बिहान च्यातेर फालेका हुन् ।
स्वच्छता अभियान र बेटी पढाउ अभियान चलाएर आफन्त भर्ती तथा अनियमिताको केन्द्र बनाएकाले बोर्डहरु हटाएको युवाहरुले बताएका छन् ।
स्वच्छताको नाममा करोडौं भ्रष्टाचार र जानकी मन्दिरमा पोस्टर लगाएर कुरुप बनाएकाले ती हुडिंग बोर्डहरु हटाएको मासका संयोजक सरोज मिश्रले बताए ।
युवाहरुले जानकी मन्दिर लगायतको कुनै पनि धार्मिक पर्यटकिय स्थलमा अन्य विषयक प्रचार प्रसार सामगी्र, बोर्ड, पर्चा पम्पलेट नलगाउन सचेत गारएका छन् । त्यस्ता पोस्टरहरु लगाए कानुनी उपचार खोज्ने युवाहरुले चेतावनी समेत दिएका छन् ।