महोत्तरी। सांसद र जनप्रतिनिधि जोगाउन लोसपाका शीर्ष नेता आज जनकपुरमा आइपुगि सकेका हुन्।शेरबहादुर देउवा सरकारले अध्ययादेशमार्फत राजनीतिक दल तोक्ने अधिकार स्थानीय जनप्रतिनिधिलाई दिएपछि आफनो पार्टीका नेता जोगाउन लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरु काठमाडौंबाट जनकपुर आईपुगि सकेका हुन् ।
जनता समाजवादी पार्टीबाट अलग भएको महन्थ ठाकुर नेतृत्वको लोसपाले आफ्नो प्रदेश सांसदसहितका जनप्रतिनिधिहरुलाई रोक्न भन्दै शीर्ष नेताहरु जनकपुर आईपुगि सकेका हुन् ।‘सरकारले अध्यादेशमार्फत दल रोज्न अधिकार दिएपछि साथीहरूसँग कुराकानी गर्न जनकपुर आईपुगेका हौं’, लोसपाका वरिष्ठ नेता शरदसिंह भण्डारीले बताए । उनकाअनुसार अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतोलगायतका नेताहरु बुधवार जनकपुर पुगिसकेका छ्न ।
प्रदेश सांसद, मेयर, उपमेयर, गाउँपालिका अध्यक्षरउपाध्यक्ष, वडाध्यक्ष तथा सदस्यहरुसँग भेटघाट गर्ने कार्यक्रम छ ।
मधेसमा जसपा र लोसपाबिच जनप्रतिनिधि तानातान चलिरहेको छ । दुवै पार्टीका नेताले आफूतिर पार्न लबिङ गरिरहेका छन् । केही दिनअघि जसपाका अध्यक्ष उपेन्द्र यादवसहित नेताहरु पनि जनप्रतिनिधि आफूतिर तान्न मधेस झरेका थिए ।