
महोत्तरी- महोत्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीको अनुसार मृत्यु हुनेमा भंगहा नगरपालिका–७ बस्ने १७ वर्षीय राजु पासवान रहेको छ ।
राजुलाई काकाको घरमा विद्युत मर्मत गर्ने क्रममा करेन्ट लागेर घाइते भएको थियो । घाइते राजुको बर्दिबासमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवं डीएसपी प्रकाश बिष्टले बताए ।
मृतकको शवलाई पोष्टमार्टम गराई आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ ।