
महोत्तरी- नेपाल विद्युत प्राविधिकरण गाैशला वितरण केन्द्र कार्यालय गौशालाले विद्युत चाेरी आराेपमा १४ जनालाई पक्राउ गरेको छ। आईतबार राती प्राधिकरण र प्रहरीटोलीको संयुक्त टोलीले विभिन्न स्थानबाट १४ जना सेवाग्राहीलाईलाई नियन्त्रणमा लिएको हाे ।
विद्युत चोरी गर्नेमा टिमकियाका तीन जना, श्रीपुरका दुई जना, खोपीका दुई जना, औरहीका एक जना, सोनमाका दुई जना र पर्साका एक जना गरी १४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा रहेको सेवाग्राहीहरुलाई विद्युत प्राविधिकरणले तोकेको अनुसारको जरिवाना तिराई छोडने गरेको नेपाल विद्युत प्राविधिकरण शाखा कार्यालय गौशालाका शाखा प्रमुख प्रविण कुमार मिश्रले बताए ।
मिश्रले नेपाल विद्युत प्राविधिकरणले सेवाग्राहीलाई विभिन्न किसिमको सेवा सुविधा दिए पनि थोरै पैसा बचाउने नियतले विद्युत चोरी गरी कामकाज गरेको बेला विद्युत प्राविधिकरणबाट खटिएका विद्युत चुहावत नियन्त्रण टोलीले १४ जना सहित दुई थान मोटर नियन्त्रणमा लिएको छ । विद्युत चुहावट गर्ने जो कोहीलाई पनि नेपाल विद्युत प्राविधिकरणले कुनै पनि शर्तमा नछोडने मिश्रले बताए ।
गौशाला शाखा विद्युत प्राविधिकरणले आर्थिक वर्ष २०७९ : २०८० मा विद्युत चुहावत गर्ने सेवाग्राहीबाट तीस लाख रुपैया असुल उपर गरेको नेपाल विद्युत प्राविधिकरण शाखा कार्यालय गौशालाले जनाएको छ ।