
तस्विर सौजन्य : विजय कुमार सिंह
धनुषा। धनुषाको ढल्केवरमा एक सुनचाँदी पसलबाट दिनदहाडै चोरी भएको छ ।
मिथिला नगरपालिका–६ ढल्केवर स्थित गणेश लक्ष्मी ज्वेलर्सबाट चोरी भएको छ। चाेरीमा संलग्न रहेको आराेपमा चाँदीको गहना सहित शनिवार दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।
[caption id="attachment_3454" align="alignnone" width="927"]
तस्विर सौजन्य : विजय कुमार सिंह[/caption]
शुक्रवार स्थानीय शिवजी साहले सञ्चालन गरेको उक्त सुनचाँदी पसलबाट चोरी भएको थियो ।पसलको सिसिटिभी फुटेजको सहयोगमा चोरीको गहना सहित शनिवार धनुषाको धनुषाधाम नगरपालिका वडा नं ८ मुलाबारीका १९ बर्षिय टक्कर बहादुर मगराती मगरलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरिक्षक प्रदिप सुवेदीले जानकारी दिए ।
उनको साथबाट सात तोला चाँदीको गहना बरामद भएको उनले जनाए ।प्रहरी निरिक्षक सुवेदीका अनुसार चोरीको गरगहना खरिद गर्ने धनुषाको मिथिला नगरपालिका वडा नं ४ पुष्पलपुर घरभई ढल्केवर बस्ने ३५ बर्षिया सुरेखा देवी यादवलाई समेत पक्राउ गरिएको छ। उनले चोरी गर्ने मगरबाट पाँचतोला चाँदीको गरगहना खरिद गरेको सुवेदीले बताए ।
[caption id="attachment_3453" align="alignnone" width="956"]
तस्विर सौजन्य : विजय कुमार सिंह[/caption]
पसल सञ्चालकको भनाइलाई उदृत गर्दै प्रहरी निरिक्षक सुवेदीले पसलबाट ४८ तोला चाँदी चोरी भएको थियोे । चोरी भएको सबै गरगहना बरामद गर्न थप अनुसन्धान भइरहेको उनको भनाई ।
पक्राउ परेका दुबैजना माथि चोरी कसुरमा मुद्दा दर्ता गर्ने तयारी भइरहेको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।यता चोरी भएको पसलका सञ्चालक शिवजी साहले आफ्नो पसलबाट ६ सय ग्राम चाँदीको गहना चोरी भएको बताए ।

