धनुषा- नेकपा एमालेका स्थायी कमिटि सदस्य रघुविर महासेठले माधव कुमार नेपाल कांग्रेसको शरणमा गएर राजनीतिक अपराध गरेको बताउनुभएको छ ।
जनकपुरधाममा नेकपा एमाले धनुषा द्वारा आयोजित जिल्ला कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पुर्व उपप्रधानमन्त्री समेत रहेका नेता महासेठले नेपालको अपराध अक्षम्य रहेकाले क्षमा गर्न नसकिने बताउनुभयो ।
नेता महासेठले एमालेलाई कमजोर आंकलन नगर्न चेतावनी दिदै अहिले प्रदेश २ बाट प्रतिनिधीसभामा जितेको दुई सिटलाई बृद्धि गरि अगामि चुनावमा १० सिट जितेर देखाउने दाबि गर्नुभयो।
कार्यक्रमलाई सम्बोधन गर्दै एमाले नेता एवं पुर्व मन्त्री लिलानाथ श्रेष्ठले जनताले दुई तिहाई दिएपनि पार्टी भित्रै कै केहि नेताका कारण सत्ता र पार्टी संकटमा परेकाले त्यस्ता दुसकर्म गर्ने नेताहरुलाई तह लगाउनु पर्ने बताउनुभयो ।
एमाले नेतृ तथा पुर्व मन्त्री जुली महतोले पनि माधव नेपाल प्रति व्यंग गर्दै जनताबाट हारे पनि एमालेले माधवलाई प्रधानमन्त्री बनाएको कुरो बिर्सेको बताउनुभयो।
प्रदेश कमिटि सदस्य शिवशंकर साह हिरा र जिल्ला कमिटि सदस्य अजय यादवको सक्रियतामा आयोजना भएको भेलामा जिल्ला अध्यक्ष राजकिशोर यादव सहित पार्टी बाट निर्वाचित प्रदेश सांसद, मेयर, उपमेयर सहितको सहभागिता थियो ।