
गौशाला- महोत्तरीको गौशालामा वहुप्रतिक्षित ईन्जिनियरिंग विषयको पठनपाठन यस शैक्षिकसत्रदेखि शुरु हुने भएको छ ।
विहीबार दिउँसो राजर्षि जनक विश्वविद्यालयका उपकुलपति प्रा.डा. अमरप्रसाद यादव, रजिष्टार सत्यनारायण साह सहितको एक टोलीले गौशाला नगरपालिकामा नवनिर्मित भवनको अनुगमन गर्दै अगामी शैक्षिकसत्र देखि सिभिल ईन्जिनियरिंग शंकायको पठनपाठन गराउने भएको छ ।
सोही क्रममा विश्वविद्यालयले क्याम्पस संचालनको लागि क्याम्पस प्रमुखको रुपमा डा. रामदयाल यादवलाई नियुक्त गरिएको छ।
डा. यादव भने, यस पटक ४८ विद्यार्थिहरु सहित सिभिल ईन्जीनिरिङ्गको कक्षा यहि मंसिरको अन्तिमसम्म संचालन हुने त्यस पछि विगतका सालमा ईलेक्ट्रीक ईन्जीनिरिङ्ग, मेकानिकल ईन्जीनिरिङ्ग, कम्प्युटर ईन्जीनिरिङ्ग तथा रेल्वे ईन्जीनिरिङ्ग समेत प्रत्येक वर्ष थप शिक्षा यस मधेश प्रदेशका विद्यार्थीहरुले पठनपाठन गर्न पाउने बताए ।
यसमा गौशाला नगरपालिका लगायत , विश्वविद्यालय, नेपाल सरकार, प्रदेश सरकारको आर्थिक सहयोगबाट यो संस्था संचालन भएको हो । यसमा २०% विद्यार्थीले स्कोलरशीप पाउनेछन् भने अरु विद्यार्थीलाई चार लाख बिस हजारको दरले डोनेसन तिर्नु पर्ने छ । डा. यादवले पठनपाठनलाई व्यवस्थित बनाउने काम गर्ने भएको छ ।
गौशाला नगरपालिकाका मेयर डा. दिपेन्द्र महतोका अनुसार अव क्याम्पस प्रमुख चयन भएपछि आवश्यक प्रशासनीक काम काज सम्पन्न भएलगतै यसै बर्षदेखि त्यसभवनमार्फत सो संकायको पठनपाठन हुने भएको छ ।