धनुषा- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेश प्रदेशका संयोजक राजु पासवान, इन्सेक प्रतिनिधि अजय कुमार साह, नियोकका जिल्ला संयोजक राजकुमार महासेठ र जियोकका प्रतिनिधि तथा अधिवक्ता रेखा झाको संयुक्त टोलीले ०७९ वैशाख २७ गते चार ओटा मतदान केन्द्र र मतदान स्थलको अनुगमन गरेको छ ।
टोलीले आज धनुषाधाम नगरपालिका वडा नं. १ गोविन्दुर, धनुषाधाम नगरपालिका वडा नं. ३ स्थित श्री धनुषा जनता प्राविधिक तथा व्यवसायि शिक्षा मावि, क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ५ स्थित श्री क्षिरेश्वर जनता मावि सखुवा महेन्द्रनगर, लक्ष्मीनिया नगरपालिका वडा नं. ४ स्थित श्री विपि कोइराला मावि सपही मतदान केन्द्र तथा मतदान स्थलहरुको तयारी तथा व्यवस्थापनको सन्दर्भमा अवलोकन तथा अनुगमन गरेको हो ।
अनुगमनको क्रममा तोकिएका मतदान केन्द्र र मतदान स्थलहरुको मूल ढोका बन्द रहेको, कतिपयमा सुरक्षाकर्मीहरु रहेको र जिल्ला निर्वाचन आधिकृतहरु उपस्थित नै नरहेको पाइयो ।