महोत्तरी ।प्रहरी चौकी खयरमाराले विहिवार विहानै जाँगा तस्करी हुन लागेको विशेष सुचना पाएपछि गरिएको अपरेसनमा प्रहरी १५ किलो गाँजा पक्राउ गर्न सफल भएको छ । जिल्लामा दिनदिनै गाँजा लगायतका विभिन्न लागु औषध सेवन र ओसार पसार व्यवसाय फस्टाउदै गरेको र तस्करहरुले सोहि रुट प्रयोग गर्ने गरेको जानकारी पछि उक्त रुटमा प्रहरीले विशेष निगरानी राखेको थियो ।
प्रहरीले केहि समय देखि तस्करहरु समात्ने अभियान स्वरुप प्रहरी सहायक निरिक्षकको कमाण्डमा टोली खटाएको थियो । उक्त टोली गस्ती गर्दै जाँदा बर्दिवास ११ स्थित झल्ला ड्याम नजिककै प्रहरीलाई देखेर दुईजना पैदल यात्री झोला छाडेर भागेका थिए ।
प्रहरीले गाँजा नियन्त्रणमा लिईसकेको र गाँजा तस्करलाई समेत खोजविन गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी दिनेश आचार्यले बताए । उनले तस्करहरुले उक्त रुट लगायतका केहि रुट प्रयोग गरिरहेको जानकारी आएपछि विशेष निगरानी राखिएको र त्यसको सानो सफलता समेत पाइएको बताए ।
एसपी आचार्यले युवाहरु लागु औषधको कुलतमा फसिरहेकोमा उक्त कुलत लगाउने व्यापारी र तस्करहरु विशेष टारगेट गरेको बताए । महोत्तरीमा पछिल्लो समयमा विभिन्न स्थानमा प्रहरीले सर्च अपरेशन गरि गाँजा लगायतका विभिन्न लागुऔषधहरु नियन्त्रणमा लिईसकेको छ भने । दर्जन भन्दा वढी मानिसलाई पक्राउ गरि कार्यवाही समेत चलाएको छ ।