
महोत्तरी। रोट्रयाक्ट क्लब अफ बर्दिवासले विगतमा विभिन्न सामाजिक कार्यक्रमहरु गर्दै आईरहेको छ तर यो पटक भने रोट्रयाक्ट क्लब अफ बर्दिवासले रोट्रयाक्ट क्लबका अध्यक्ष श्री निरज सुबेदी ज्युको जन्म दिनको अवसर पारेर शैक्षिक सामग्री वितरण एवम् बृक्षारोपण कार्यक्रम गरेको छ ।
बर्दिवास ५ स्थित श्री सेम नेपाल नमुना आधारभुत विद्यालय, ढुंग्रेमा करिब १०० जना आर्थिक स्थिति कमजोर भएका विद्यार्थीहरुलाई रोट्रयाक्ट क्लब अफ बर्दिवासले अध्यक्षको जन्मोत्सवको अवसर पारि शैक्षिक सामग्री वितरण गरेको छ
जसमा ब्याग , कपि, पेन्सिल, इलेजर लगायतका सामाग्री छन भने सोही ढुंग्रे स्थित श्री कृष्ण मन्दिरमा बृक्षारोपण कार्यक्रम पनि सम्पन्न गरेको छ “हामिले विगत देखि नै भन्दै आएका छौं कि हाम्रो क्लबको सदस्यको जन्मोत्सवको अवसरमा हामि सामाजिक कार्यहरू गरेर जन्मोत्सव मनाउने छौं जस अन्तर्गत आज मेरो जन्मदिन को कार्यक्रम पनि सम्पन्न भएको छ , मलाई पहिलेको जन्मोत्सव भन्दा आजको जन्मोत्सवमा ज्यादै खुसी लागेको छ किनकी आज मैले स(साना भाई एवम बहिनी द्वारा जन्मदिनको शुभकामना पाएको छु , धेरै त होईन हामिले थोरै र कम सहयोग गरेका हौ तर मलाई लाग्छ यो मेरो जिबनको अबिस्मरणीय जन्मदिन रहेको छ जसमा मलाई क्लबका सम्पुर्ण साथिहरुले सहयोग गर्नु भएको छ ” रोट्रयाक्ट क्लबका अध्यक्ष श्री निरज सुबेदीले भन्नु भयो ।
हामिले गरेको कार्यले पक्कै पनि समाजमा नयाँ अभियानको सुरुवात हुनेछ , जन्मदिन भनेको केक काटेर मात्र होइन समाज सेवा गरेर पनि सम्पन्न गरिन्छ भन्दै रोट्रयाक्ट क्लबका उपाध्यक्ष श्री सागर बस्नेत ज्यूले आफ्नो प्रसन्नता व्यक्त गर्नु भएको छ ।
हामिले आज मात्र होइन विगत लामो समयदेखि नै रोट्रयाक्ट क्लबलाई समाजको हक हितका लागि अग्रसर बनाउदै लिएर गएका छौँ , हामिले शिक्षा, स्वास्थ्य एवम शान्तिको क्षेत्रमा विगत लामो समयदेखि नै काम हरु गर्दै आइरहेका छौ , मलाई खुसी लाग्छ कि म रोट्रयाक्ट क्लबमा छु , मलाई खुसी लाग्छ कि हामिले केही समय पनि समाज सेवामा आबद्ध भएर समाजसेवा एवम जनहितमा आफु र आफ्नो क्लबलाई अग्रसर तुल्याएका छौं रोट्रयाक्ट क्लबका एवम युवा समाज सेवी श्री बिजय पोखरेलले जानकारी दिनु भएको छ ।
रोट्रयाक्ट क्लब अफ बर्दिवास हाल महोत्तरी जिल्ला कै एक नमुना क्लब अन्तर्गत पर्ने गरेको छ , आथिर्क स्थितिले सम्पन्न नभएता पनि यस क्लबले निरन्तर सामाजिक कार्यहरूमा अगाडि बढ्दै आईरहेको छ माक्स वितरण, रोटरी क्लब संग समन्वय गरी विद्यालयको शौचालय निर्माण , सर्पदंश सम्बन्धि जनचेतना कार्यक्रम , शैक्षिक सामग्री वितरण एवम् बृक्षारोपण कार्यक्रम साथै अनलाइन द्वारा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम लगायतका विभिन्न कार्यक्रमहरू गर्दै आईरहेको छ साथै बालदिवसको मौका पारेर क्लबको आगामी कार्यक्रम निर्धारण गरिएको क्लबले बताएको छ ।


