
जनकपुरधाम- धनुषाकाे धनुषाधाम नगरपालिकामा डाकाहरुकाे समूहले बम बिस्फोट गराउँदै लुटपाट गरेका छन् भने डाकाहरुले गराएको बिस्फोटमा परी दुइजना घाइते भएका छन् ।
धनुषाधाम नगरपालिका ९ कुम्हराका मनोज यादवको घरमा डाकाको समूहले विस्फोट गराउँदा संजिव यादव सहित दुईजना सामान्य घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय ढल्केबरका इन्सपेक्टर प्रदिप सुवेदीले कुनै शंकास्पद वस्तु विस्फोट गराउँदा दुबैजना घाइते भएको जानकारी दिए । मध्यरातमा आएका डाकाको समूहले सो बिस्फोटक पदार्थ बिस्फोट गराएको गाउँलेको भनाइ छ ।
के बिस्फोट गराएको हो भन्ने सम्बन्धमा अनुसन्धानको लागि नेपाली सेनाको टोलि घटनास्थल पुगेको इन्सपेक्टर सुवेदीले बताए । बिहान स्थानीयले खबर गरेपछि इलाका प्रहरी कार्यालय ढल्केबरको टोलि घटनास्थल पुगेका हुन् । डाकाको समूहले स्थानीय सिटहु यादवको घरमा नगद गरगहना लुटपाग गरेका छन् । घटना विषयमा पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।