
महोत्तरी- लकडाउनकले विद्यार्थी एवम शैक्षिक क्षेत्रमा नै गहिरो प्रभाव परेको र विद्यार्थीहरुमा पढ्ने मनोविज्ञान कम हुदै गहिरहेको बेला रोट्रयाक्ट क्लब अफ बर्दिवासले शैक्षिक क्षेत्रमा सुधार होस भन्ने उद्देश्यले आज बालदिवसको अबसर पारेर वडा स्तरीय हाजिरीजवाफ प्रतियोगिता (Quiz Contest) को आयोजना गरेको छ ।

वार्ड नं १ का विद्यालयहरुलाई समेटेर आयोजना गरीएको हाजिरीजवाफ प्रतियोगिता फरक एवं नौलो शैलीमा अपनाइएको थियो । जस अन्तर्गत स्ट्राटप, ऱ्यापिड फाएर, बज्जर , अडियो-भिजियोल र ग्याम्बलिङ्ग राउण्ड गरि पाँच राउण्डमा प्रतियोगिता संचालन गरिएको थियो।

विद्यालयहरू मध्ये मोर्डन गुरुकुल बोर्डिङ्ग स्कूलको उत्कृष्ट प्रदर्शन गर्दै पहिलो , एभरेष्ट बोर्डिङ स्कुल दोस्रो , देउराली माध्यमिक विद्यालय तेस्रो र बर्दिवास बोर्डिङ्ग स्कूल चौथो स्थान ल्याउन सफल भएको छ ।

रोट्रयाक्ट क्लबले आयोजना गरेको यो कार्यक्रम एकदमै उत्कृष्ट , नौलो एवम राष्ट्रिय स्तरको भएको सहभागी विद्यार्थीहरुले बताएका छन साथै यस्ता कार्यक्रम पुनः भइरहनु एकदमै जरुरी रहेको छ विद्यार्थीहरुले प्रतिक्रिया दिएका छन् ।

रोट्रयाक्ट क्लब अफ बर्दिवास रोटरी क्लबको भातृक्लबको रुपमा रहेको छ । यस क्लबले विगत लामो समयदेखि नै शिक्षा, स्वास्थ्य एवं शान्तिको क्षेत्रमा लगनशील भएर काम गर्दै आइरहेको छ ।

युवाहरुको जोस एवम विचारलाई सहि सदुपयोग गरेर यो क्लबले विगत वर्ष देखी नै सामाजिक कार्यक्रम गर्दे आईरहेको रोटरी क्लवका पुर्व अध्यक्ष द्वय शम्भु भट्टराई र हिरा गौतमले जानकारी दिए ।

कार्यक्रमको समापन गर्दै रोट्रयाक्ट क्लब अफ बर्दिवासका अध्यक्ष निरज सुवेदीले सम्पुर्ण सहभागी विद्यार्थीहरु , शिक्षकहरु , रोटरियन अथितिहरु लगायत प्रत्रकारहरुलाई विशेष धन्यवाद दिएका थिए ।