धनुषा- धनुषाको ग्रामिण क्षेत्र बटेश्वर गाउँपालिकाबाटै प्राविधिक तथा व्यवसायिक शिक्षा सुरु भएपछि विद्यार्थीहरु लाभान्वित भएका छन् । बटेश्वर गाउँपालिका–४ स्थित श्री शिवशक्ति माध्यमिक विद्यालयलाई बटेश्वर गाउँपालिकाको समन्वयमा नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शिक्षा विभागले नमुना विद्यालय घोषणा गरि सकेको छ । नमुना विद्यालय घोषणा संगै शिवशक्ति नमुना विद्यालयमा भौतिक निमार्णका कार्यहरु तिव्र गतिमा भई रहेको छ ।
सामान्यतर्फ कक्षा ११ मा विज्ञान, शिक्षा र व्यवस्थापन तर्फ र प्राविधिक धारतर्फ कक्षा ९ देखि कक्षा १२ सम्म म्क्ष्एीइःब् क्ष्ल् ऋइःएत्भ्च् भ्ल्न्क्ष्ल्भ्भ्च्क्ष्ल्न् का कक्षा संचालन भई रहेको छ । प्राविधिक धारतर्फ शैक्षिक २०७६ मा ३३ जना, २०७७ मा ४६ जना र २०७८ मा हालसम्म ४५ जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयका प्रधानाध्यापक प्रमोदशरण केवटले जानकारी दिए । विद्यालयमा कुल विद्यार्थीको भर्ना संख्या एक हजार ४ सय १३ रहेको छ ।
विज्ञान र प्राविधिक धारको पढाई सुरु भएपछि हाल शिवशक्ति नमुना माध्यमिक विद्यालयमा वरिपरिका पालिकाहरुबाट समेत विद्यार्थीहरु पढ्न आउने गरेको छ । विद्यालयमा प्राविधिक धारतर्फ Dimploma in Computer Engineering मा अध्ययनका लागि बटेश्वर पालिकालगायत मिथिला नगरपालिका, क्षिरेश्वरनाथ नगरपालिका, लक्ष्मीनिया गाउँपालिका र महोत्तरीको भंगहा नगरपालिकाबाट समेत विद्यार्थीहरु पढ्न आउने गरेको विद्यालयले जनाएको छ ।
दक्ष अनुभवि प्राध्यापक तथा प्रशिक्षकहरुद्धारा अध्ययन अध्यापन गरिदै आएकोले विद्यार्थीहरुको आकर्षणको केन्द्र समेत शिव शक्ति नमुना विद्यालय हुदै गएको छ । विद्यालयमा computer Lab, Physics Lab, Chemistry Lab, Biology Lab र अन्य प्राविधिक ल्यावहरुको समुचित व्यवस्थापन गरिएको छ । विद्यार्थीहरुलाई ल्यावमै राखेर पढाउने गरेकाले विद्यार्थी तथा अभिभावकहरु समेत सन्तुष्ट देखिएको विद्यालयका कम्प्युटर प्रशिक्षक केतन आनन्दले बताए ।
२०७६ सालदेखि नमुना विद्यालयको घोषणासंगै विद्यालयमाम आवश्यक भौतिक पूर्वाधार निमार्णको कार्य तिव्र गतिमा भई रहेको छ । ३० कोठे पक्की भवन निमार्णका लागि पञ्चवर्षीय योजनाअनुसार काम भई रहेको विद्यालयले जनाएको छ । विद्यालयको नवनिर्मित २० कोठा पूर्ण रुपमा तयारी भई सकेको छ । भदौ २८ गते तेस्रो तल्लाको ६ कोठे भवनको छत ढलानको काम भएको विद्यालयले जनाएको छ ।
बटेश्वर गाउँपालिका अध्यक्ष डम्बर राउत क्षेत्री (गणेश) ले विद्यालयमा आउने शैक्षिक सत्रदेखि सिभिल इन्जिनियरलगायतको सेवा विस्तार गर्दै विएड र विविएसको पढाई समेत असोजदेखि नै सुरुवात गरिने गरि तयारी गरिएको बताए ।
बटेश्वर गाउँपालिकाले विद्यालयमा आवश्यक पर्ने भौतिक संरचनादेखि लिएर अन्य प्रशासनिक काम कारवाहीका लागि बटेश्वर गाउँपालिकाले सहयोग गर्दैै आएको बताउँदै अन्य पालिकाको अन्य विद्यालयमा समेत प्राविधिक धारका अध्यापनका लागि आफुले पहल गर्दै आएको बताए । बटेश्वर गाउँपालिका अध्यक्षले भने ‘बटेश्वरबाटै प्राविधिक र साधारणतर्फ विज्ञान, व्यवस्थापन र शिक्षा शास्त्रमा अध्ययन गर्नु पाउँदा आर्थिक रुपमा बचत हुनुको साथै समयको समेत बचत हुने विश्वास व्यक्त गरे ।
[embed]https://youtu.be/hR-x5yTGan0[/embed]