
महोत्तरी । महोत्तरीमा विगत केहि दिन देखिको विभिन्न पुजा कार्यक्रममा ल्याइएको आर्केस्ट्रा कार्यक्रममा नाच कै क्रममा कुटपिट र झैझगडा हुने लगायतका केहि आपराधिक घटनाहरु हुने देखिएपछि जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी दिनेश आचार्यले आर्केस्ट्रा कार्यक्रममा प्रतिबन्ध लगाएका छन । उनले आफ्नो मातहतमा सर्कुलर जारी गर्दै आ आफ्नो क्षेत्रमा कुनै पनि बहानामा आर्केस्ट्रा कार्यक्रम गर्न खोज्नेलाई तत्काल रोक्न निर्देशन दिएका छन । साथै कार्यक्रम संचालन नगर्न भन्दा समेत नमाने आयोजक र कलाकार समेतलाई नियन्त्रणमा लिन भनेका छन ।
दोहोरो अर्थ लाग्ने,अश्लिल नाच गर्ने तथा त्यसतै प्रकारका दर्शक उत्तेजित पार्ने खालका नृत्य वा सोहि बोलको गितहरुले विकृति समेत फैलिने र मदिरा तथा लागु औषध सेवन गरि त्यसता कार्यक्रममा वढी युवा जाने भएपछि उनले त्यसता कार्यक्रममा रोक लगाएका हुन । एसपी आचार्यका अनुसार सुरुमा साँस्कृतिक कार्यक्रम भनेर भन्ने गरेपनि ति कार्यक्रमहरु मध्ये अधिकांश साँस्कृतिक नभई संस्कृति र समाज विगार्ने खालका हुने गरेकोले त्यसता कार्यक्रम रोक्नुको विकल्प नरहेको बताए । उनले अझै कोभिडकै जोखिम समेत नहटेकोले यसले भिड जथाभावी भिड नियन्त्रणमा पनि सघाउने बताए ।
महोत्तरीका विभिन्न स्थानमा पछिल्लो समय बढेको चोरीका घटनाहरुमा समेत यस्तै कार्यक्रमबाट फर्कने वा हेर्न जाने लागु औषध सेवनकर्ता युवाहरु वढी भेटिएपछि समेत एसपी आचार्यले उक्त निर्णय लिएका हुन ।
पछिल्लो समय मटिहानीमै यस्तै कार्यक्रम हुदा केहि युवाहरु कुटिएका थिए भने सो पछि नेपालको सिमासंगै जोडिएको मधवापुरबाट आर्केस्ट्रा हेरेर फर्कदै गरेको केहि युवामाथी सांघातिक हमला भएको थियो । भारतकै भुमिमा आर्केस्ट्रा कार्यक्रम रोक्न सक्ने नभएपनि आफ्नो तर्फ भने महिलाको आपत्तिजनक नाचगान रोक्न प्रयास भने भएको एसपी आचार्यको भनाई छ । गाउ समाज विगार्ने खालका र दुर्घटना तथा अपराध समेत बढाउने प्रकारका कार्यक्रमले मनोरञ्जनको ठाउमा अश्लिलता पस्कने साथै उनले महोत्तरीमा लागु औषध नियन्त्रणको लागि सिविलमै समेत टोलीहरु परिचालन गरेको बताउदै लागु औषध सेवनकर्ताहरुमाथी समेत निगरानी वढाइएको बताए ।