धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाले केहि दिन देखि शितलहर संगै बढेको चिसोबाट बच्न दाउरा वितरण गरेको छ ।
शीतलहर बढ्दै गएपछि नगरले दाउरा वितरण गरेको नगरप्रमुख सुखदेव यादवले जनाएका छन् । उनले नगरपालिकाको १ देखि १० सम्मका वडामा दैनिक ज्याला मजदुरी गरी खाने टोल र सार्वजनिक स्थल र नगर भित्र रहेका बिभिन्न चौकहरूलाई मध्यनजर गर्दै आगो बाल्दा टिकाउ हुने धेरै बेरसम्म आगो हुने रुखको जारा वितरण गरेको जनाएको छ ।




तराई मधेसमा जोडा याममा शीतलहरको बेला गरिब विपन्नहरूको लागि शीतलहर विपद् जस्तै हुने भएको हुँदा सो को मध्यनजर गरी नगरमा दाउरा वितरण गरिएको नगर प्रमुख यादवले बताए । उनले नगरको ग्रामीण भेग बाहेक चिसो मौसममा व्यापार व्यवसाय गर्ने व्यवसायीहरूलाई पनि असर परेको र बजारमा आउने यात्रुहरूलाई पनि असर परेको हुँदा बजार क्षेत्रमा पनि दाउरा वितरण गरेको बताए । नगर प्रमुख यादवले चिसो समयभरि नै यसै गरी नगरले दाउरा वितरण गर्ने बताए ।




