
जारी आइसीसी क्रिकेट विश्वकप अन्तर्गत लिग चरणका आधा खेल सकिएका छन् । कुल ४६ खेल मध्ये २३ खेल सकिदा अंकतालिका भने रोचक बनेको छ । विश्वकप खेलिरहेका १० देश मध्ये लिग चरणका खेलपछि शिर्ष चार देश सेमिफाइनलमा पुग्ने छन् । लिग चरणमा सबै १० देशले एक अर्काविरुद्ध एक एक पटक खेल्ने छन् र शिर्ष चार देश सेमिफाइनल खेल्ने छन् ।
अहिलेसम्म अंक तालिकाको शिर्ष स्थानमा आयोजक भारत रहेको छ । भारत ५ खेलमा अपराजित रहदै १० अंक रहदै शिर्ष स्थानमा रहेको छ । यस विश्वकपमा भारत अहिलेसम्म अपराजित रहेको देश हो भने अन्य सबै देशले कम्तिमा एक खेलमा हार बेहोरेका छन् ।
त्यसैगरी दक्षिण अफ्रिका ५ खेलमा ८ अंकसहित दोस्रो स्थानमा रहेको छ भने न्यूजील्याण्ड ५ खेलमा ८ अंकसहित नै रनरेटको आधारमा तेस्रो स्थानमा रहेको छ । यसपछि अस्ट्रेलिया, पाकिस्तान र अफगानिस्तानले अहिलेसम्म २-२ खेल जितेर ४-४ अंकका साथ क्रमश: रनरेटको आधारमा चौथो, पाँचौं र छैटौं स्थानमा रहेका छन् । त्यसैगरी नेदरल्याण्डस, श्रीलंका, ईङल्याण्ड र बंगलादेशले भने एक एक खेल जितेका छन् ।
विश्वकपको डिफेन्डिङ च्याम्पियन ईङल्याण्डले तीन खेलमा लगातार हार बेहोरेर कमब्याक गर्नुपर्ने दबाबमा परेको छ । आधा खेल सकिदा भारत बलियो देखिएको छ भने दक्षिण अफ्रिका र न्यूजील्याण्डले पनि अहिलेसम्म उत्कृष्ट खेलिरहेको छ ।
त्यस्तै अस्ट्रेलियाले शुरुका खेलमा हार बेहोरेर दुई खेलमा लगातार जित हासिल गर्दै लयमा फर्किएको संकेत दिएको छ ।
अंक तालिका:
