
ढल्केवर- धनुषामा चोरी घटनामा संलग्न आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय ढल्केवरले चोरीमा संलग्न रहेको आरोपमा मिथिला नगरपालिका ६ बस्ने २२ बर्षिय सुरज लामालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
चोरी आरोपमा पक्राउ परेका लामाले बिहीबार राति २ बजेको समयमा ढल्केवरस्थित शिवकुमार महतोले सञ्चालन गरेको अभिषेक जनरल स्टोरको सटर तोडेर करिब २० हजार रुपैयाँ चोरी गरेका थिए । चोरी घटना सम्बन्धमा अनुसन्धान गर्दै जाँदा लामालाई नियन्त्रणमा लिएर घर तलासी गर्दा उनको घरबाट चोरीको सो रकम बरामद भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदीप सुवेदीले बताए ।
चोरी घटनासम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । लामामाथि चोरी अभियोग कसुरमा कारबाही तथा कानुनी प्रक्रिया अगाडि बढाइएको इप्रका ढल्केवर प्रहरी निरिक्षक सुवेदीले बताए।