महोत्तरी।लोसपाका वरिष्ठ नेता सरत सिंह भण्डारीले मधेश प्रदेश र जनकपुरधाम राजधानी बनाएर मात्र मधेशको आन्दोलनको मांग पुरा हुन नसक्ने बताउदै मुख्य जिम्मेवारीहरु वाँकी नै रहेको बताएका छन् । धनुषाको हँसपुर नगरपालिकामा आयोजना भएको दोस्रो मेयर कप खुल्ला पुरुष भलिवल प्रतियोगीताको समुदघाटन गर्दै पुर्व रक्षा मन्त्री समेत रहेका भण्डारीले मधेशलाई अन्य प्रदेशको तुलनामा शिक्षा, स्वास्थ्य र विकासको मामिलामा कडा प्रतिस्पर्धी बनाउन सके मात्र मधेशको मांग पुरा हुने बताएका छन् ।मधेशको यात्रा र संर्घष अझैपनि धेरै वाँकी रहेको बताउदै नेता भण्डारीले त्यो यात्रा र संर्घण पुरा गर्न कुनै पनि सम्झौता नगरि निरन्तर अगाडि बढिरहने उनले बताए । तत्कालिन राजपा र फोरमलाई जनताले दिएको अभिमतलाई अहिले अपमानित गर्ने काम भएको समेत उनले बताए ।लोसपाका अर्का नेता उमा शंकर अगगरियाले समाजमा खेलकुदले नै युवाहरु सुधार्ने भन्दै खेलकुृदमा ध्यान दिनुपर्ने बताएका छन् ।युवा लाई उल्टा गर्दा वायु हुने भन्दै उनले स्वस्थ्य युवा समाजका लागि वायु जस्तै भएको बताए । कार्यक्रममा प्रदेश सांसद परमेश्वर साहले मधेशका खेलकुदको गतिविधी न्युन रहेकाले पनि समाजिक शहिसुनता र सदभावमा कमी देखिएको बताए । खेलेगा मधेशी खिलेगा मधेशको नारा नभुल्न समेत उनले आग्रह गरेका छन् । उनले मधेश राजनितिक रुपमा मात्र नभई खेलकुदमा समेत सवल हुनुपर्ने बताएका छन् ।प्रतियोगीताको आयोजक नगरपालिकाका प्रमुख रामज्ञान मण्डलले हँसपुर नगरपालिकामा युवाहरुलाई खेलकुदको उतम वातावरण बनाएर छाडने बताएका छन् ।
फागुन ५ गते सम्म आयोजना हुने सो प्रतियोगीताको सम्पूर्ण खेल नेपाल भलिबल संघको नियमानुसार खेलाईने प्रतियोगीतामा जिल्ला बाहिरका टिमहरुको लागि यातायात, वास तथा खानाको व्यवस्था आयोजकले नै गर्नेछ ।प्रतियोगीताका प्रथम विजेताले नगद राशी रु. एक लाख ट्रफि, मेडल र प्रमाण पत्र र दोस्रो विजेताले नगद राशी रु. पचास हजार ट्रफि, मेडल र प्रमाण पत्र र त्यसैगरि तेस्रो विजेताले नगद रु. पचिस हजार ट्रफि, मेडल र प्रमाण पत्र जित्ने छ ।